Aamsanchar

प्रदेश सरकारले चिस्यान केन्द्र बनाउने

Author Image
शुक्रवार, माघ ४, २०७५

सुर्खेत,

कर्णाली प्रदेश सरकारले चिस्यान केन्द्र निर्माणको प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वन क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्ने तयारी गरेको जनाएको छ ।

सङ्घीय सरकारले पनि वीरेन्द्रनगरमा चिस्यान केन्द्र स्थापना गर्न रु ५० लाख बजेट विनियोजन गरिसकेको छ । जग्गा छनोटसँगै चिस्यान केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन सामुदायिक वनलाई अनुरोध गर्ने तयारी भइरहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भेरीगङ्गा नगरपालिकाको जडीबिसौने मदानेचौरमा चिस्यान केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो । प्रदेश सरकारले चालू आवमा सुर्खेतमा प्रदेशस्तरीय चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ ।

मन्त्री केसीले जाजरकोट–डोल्पा सडकको छिन्चु खण्डमा चिस्यान केन्द्र बनाउँदा जाजरकोट, डोल्पा, सुर्खेत, सल्यान र रुकुम (पश्चिम) का जनताले लाभ पाउने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)