Aamsanchar

उपाधि खड्का र खतिवडाको जोडीलाई

Author Image
शनिवार, माघ ५, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–१० सेतीपानीस्थित सिंहवाहिनी प्राथमिक विद्यालयमा शनिबार सम्पन्न भएको खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि युवराज खड्का र सूर्यकुमार खतिवडाको जोडीले जितेको छ ।

स्थानीय नवदुर्गा स्पोर्टीङ क्लब आयोजक र बुद्धशान्ति–३स्थित परिवर्तनशिल युवा क्लब सहआयोजक रहेको प्रतियोगिताको फाइनल खेलको बेस्ट अफ थ्री अन्र्तगत दिपक थापा र रविन श्रेष्ठको जोडीलाई २१–१८, २१–१८को सोझो सेटमा पराजित गर्दै खड्का र खतिवडाको जोडीले उपाधि जितेको हो ।

जितसँगै विजेता खड्का र खतिवडा तथा उपविजेता थापा र श्रेष्ठको जोडीले क्रमश नगद पुरस्कार १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको म्यान अफ दी सिरीज जीतबहादुर श्रेष्ठ र फेयर प्ले दिपक थापा घोषित भएका थिए ।

नवदुर्गाका अध्यक्ष जीवन चिमरीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा डिल्लीराम श्रेष्ठ, बलबहादुर श्रेष्ठ, भीमबहादुर खतिवडा, रत्नमणी श्रेष्ठलगायतले उनीहरुलाई पुरस्कारहरु प्रदान गरेका थिए ।

परिवर्तनशिलका अध्यक्ष कविन्द्र थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नवदुर्गाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेका थिए । नवदुर्गाका अमित सुब्बा मुख्य निर्णायक रहेको प्रतियोगितामा १८ जना खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर