Aamsanchar

प्रतिवेदन भन्दा बाहिर उत्खनन भए कार्वाही

Author Image
आइतवार, माघ ६, २०७५

सागर गौतम / झापा ।

अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको नगर स्तरीय सरोकारवाला बैठकले प्रारम्भिक वातावरणीय परीक्षण ( आईइइ) प्रतिवेदनले निशेध गरेको स्थानमा नदीजन्य सामाग्रीको उत्खनन अवैध पाइएमा अनुगमन समितिको सिफारिस कानुनी कार्वाही गर्ने भएको छ ।

नगरपालिकाको सभाकक्षमा बसेको सर्वपक्षीय सरोकारवाला बैठकले जथाभावी हुने खोलाको उत्खननलाई रोक्न प्रतिवेदनले व्यवस्था गरे अनुसारको नदीजन्य सामाग्री ठेक्का सम्झौता भए अनुसार सबैलाई सहयोग अनुरोध गरीएको नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए । बैठक अर्जुनधाराको भावी कार्यक्रममा समेत केन्द्रित रहेकोे प्रमुख रानाले बताए ।

बैठकमा पूर्व मन्त्री, पूर्व सासद, प्रदेश, जिल्ला र नगरमा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक नेतृत्व, संचारकर्मी, उद्योगी र सुरक्षा निकायका प्रमुख तथा सरोकरावाला कार्यालय प्रमुख लगायतका सहभागिता रहेको थियो ।

बैठकमा पूर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीले नगरलाई स्मार्ट सिटीको परिकल्पना अवधारणा अनुसार आधुनिक नमूना बजार निर्माण गर्नुपर्ने सुझाव पेश गरेँ । अर्जुनधारा–शनिश्चरे बजारमा ढल व्यवस्थापनको लागि नाला निर्माण गर्नुपर्ने बताए । त्यसका लागि दास पुल क्षेत्र सम्ममा मर्मत व्यवस्थापन गर्नुपर्ने बताउँदै पूर्व मन्त्री बुढाथोकीले शनिश्चरे बजारमा सडक विस्तार मापदण्ड तोक्नु पर्ने अवस्था आएको बताए ।

नेकपाका केन्द्रिय सदस्य एंव प्रदेश–१ अध्यक्ष देवराज घिमिरेले नगरको विकासका लागि सवैजना एकढिक्का भएर लाग्नु पर्ने बताउँर्दै बहुसंख्यक जनताको हितका लागि जुनसुकै कदम पनि निर्वाचित सरकारले चाल्नुपर्ने धारणा राखेँ ।

त्यस्तै नेपाली काग्रेसका झापा सभापति उद्धव थापाले शनिश्चरे बजारको मुहार फेर्ने बजारमा देखिएका टहरा, ठेलालाई व्यवस्थापन गरी अर्जुनधारा मन्दिर छेउको सडक र पुल निर्माण गर्नुपर्ने बताए । सभापति थापाले शनिश्चरे बाहिरका सडकहरु चौडा विस्तार भैइरहेको तर मुख्य बजार साघुँरो भएको हुँदा याश्रिघ नगरले मापदण्ड अनुसार विस्तारको काम सुरु गर्नुपर्ने बताए ।

संविधान सभाका सदस्य प्रेम गिरीले आईइइ प्रतिवेदनले दिगो विकासको अवधारणा अनुरुप कार्ययोजना भएकोले राष्टपति चुरे तराई मधेस कार्यक्रमले वातावरणमैत्री विकास प्रकोप न्युनीकरणको उपायहरुलाई अवलम्वन गरेको बताए ।

सडक सिनियर डिभिजन प्रमुख श्याम कुमार यादवले विर्तामोड शनिश्चरे सडक चार लेन्ड सहित ७० फिट विस्तार गर्नुपर्ने छ त्यसमा १ सय ४० फिट सडक मापदण्ड निरन्तरता दिनुपर्ने बताए । त्यस क्षेत्रमा सार्वजनिक, नीजि निर्माण कार्य गर्न नमिल्ने र नगरपालिकाले सिमाङ्कन गर्नुपर्ने बताए । उनले शनिश्चरे बुधबारे सडक दुईलेन्डको स्वीकृति भैइसकेको जानकारी दिए ।

भूर्गविद्ध यदुनाथ तिम्सिनाले नेपालमा चारकिला गाढ्र्दै जिपिएस पोइन्ट लिई नदीजन्य सामाग्रीलाई व्यवस्थित गर्ने अर्जुनधारा नगरपालिका पहिलो भएको बताउँर्दै प्रतिवेदन अनुसार चुस्त दुरुस्त अनुगमन भएमा नदीलाई कुनै क्षर्ति नपुग्ने बताए ।

नगर प्रमुख रानाको अध्यक्षतामा भएको बैठक सम्पन्न गर्दै नगरको समग्र विकासमा कटिबद्ध रहेको बताए । सबैको सहयोगको अपेक्षा गर्दै नगरको गुरु योजना मुताविक कार्यक्रम अगाडि बढाउने विश्वास व्यक्त गरेँ ।

अर्जुनधारा नगरपालिकाका प्रवेशद्धारमा धार्मीक महत्वलाई उजागर हुनेगरी निर्माणको कार्य गर्नुपर्ने त्यसमा सडक मापदण्ड बजार भित्रका घर, टहरा हटाउनको लागि सार्वजनिक सूचना र नगरको विकासमा राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र उद्योगी व्यवसायी सबैले सहयोग गर्ने निर्णय भएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले बताए ।

नगरबासीको पिछडिएको क्षेत्रमा जीवनस्तर उकास्न र रोजगारी सहित वास, कपास जस्ता कार्यक्रय ल्याउनु पर्ने, शनिश्चरे खुदुनाबारी सडकमा पर्ने कालेपत्रे पुरानो भएकाले भत्काउनु पर्ने, नदीजन्य सामाग्रीको ठेक्कामा सर्वपक्षीय भेला राख्नु पर्ने, ंउपभोक्ता शिक्षा कार्यक्रम विद्यालय कलेजमा दिुनपर्ने लगायतका सुझावहरु छलफलमा आएको सेडाईले जानकारी दिए । नगरपालिका इञ्जिनियर निरज अधिकारीले शनिश्चरे बजारलाई व्यवस्थित गर्ने सहितको मार्गचित्र सहित तत्काल गर्ने सकिने कार्यक्रमहरु प्रस्तुत समेत गरेका थिए ।

बैठकमा प्रदेश सासद बृख प्रधान, पूर्वाधार विकास कार्यालय झापाका सुरेश कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, डि.ई श्याम कुमार यादव, नेकपा नगर अध्यक्ष प्रेम सागर सापकोटा, नेपाली काग्रेसका नगर सभापति हेमराज खरेल, संघीय समाजवादीका श्रीलाल चौधरी लगायतको आतिथ्यता रहेको थियो । नगर उप–प्रमुख कमला खतिवडाको स्वागत रहेको कार्यक्रम संचालन बरिष्ठ योजना अधिकृत सेडाईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर