Aamsanchar

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

Author Image
आइतवार, माघ ६, २०७५

दीपेन लावती / शान्तिनगर ।

आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू मृत्यूसंग संघर्ष गरिरहेकी छिन् ।

सानै उमेरमा दुबै मृगौला खराव भएको थाहा पाएपछि परिवार समेत थप पीडामा परेको छ । उनको दुवै मृगौला काम नलाग्ने भएपछि मृगौला प्रत्यारोपण गर्न करीव ७० लाख रुपैयाँ लाग्ने सुमेरो अस्पताल ललितपुर अस्पतालले जानकारी दिएपछि उनको परिवार धर्मसंकटमा परेको हो ।

बुबा इन्द्रध्वज लिम्बू र आमा बिष्णु लिम्बूको जेठी छोरीको रुपमा २०६० सालमा उनको जन्म भएको हो । सामान्य परिवारमा जन्म लिएकी नूमाको परिवारमा आर्थिक अभावका कारण थप उपचार र मृगौला प्रत्यारोपण गर्न नसकिएको हो । “सानै उमेरमा उनको जीवनमा बज्रपात आइप¥यो, आर्थिक अवस्था बजवुत छैन्—बुबा इन्द्रध्वजले भने । तपाईहरुको सानो सहयोगले मेरो छोरीले नयाँ जीवन पाउँछिन् भने सहयोग गरिदिन आग्रह गर्दछु ।”

हालसम्म ६ लाख बढि खर्च भइसकेको र विर्ता सिटी अस्पतालमा उनको डाइलासिस भइरहेको छ । तीन÷तीन दिनमा अस्पताल धाउनुपर्ने नूमाको जीवन रक्षाका लागि स्थानीय भूपेन्द्र थेवेको संयोजकत्वमा ३० सदस्सीय “नूमा बचाउ अभियान” समिति गठन गरिएको छ । अभियानले सोमबारबाट घरदैलो अभियान सञ्चालन गर्नेछ भने विभिन्न संघ–सस्था र देश—विदेशमा रहेका प्रवासी संघ–सस्थासँग सहयोग माग्ने अभियानका संयोजक थेवेले बताए ।

बुद्धशान्ति—४ मा अवस्थित मुनामदन एकाडेमी बर्नेमा कक्षा—९ मा अध्ययर्त नूमा विरामी भएपछि विद्यालय जान समेत सकेकी छैन् । “पढ्न मन छ, तर जान सकिदैन, पढेर भविष्यमा ठुलो मान्छे बन्नुछ” नूमाले न्याउरो अनुहार लगाएर भनिन् । उनले आफू निको भएमा आफू जस्तै मृगौला पीडितको सहयोगका लागि पहल गर्ने बताएकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर