Aamsanchar

कारागार अनुगमन अभियान शुरु

Author Image
आइतवार, माघ ६, २०७५

काठमाडौँ, 

मानव अधिकार तथा शान्ति समाजले कारागार अनुगमन अभियान शुरु गरेको जनाएको छ ।

कारागार अनुगमनको क्रम दाङको तुलसीपुर र घोराही, अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम, सङ्खुवासभाका गरी पाँच वटा कारागारको समाजका जिल्ला शाखाले अनुगमन गरेको महासचिव सुशील बस्नेतले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा बढी बन्दी रहेको पाइएको छ । अन्य जिल्लाका कारागारको समेत अनुगमन गरी विस्तृत प्रतिवेदन २०७६ वैशाखमा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

यसैगरी समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मन्त्री पदबाट बर्खास्तीको माग गरिएको छ ।

सत्याग्रही प्रा डा गोविन्द केसीसँग विगतका सरकारले गरेका सहमति शीघ्र कार्यान्वयन गर्न आग्रहसहित कास्की, धनकुटा, कैलाली, पाल्पा, सुर्खेत, सङ्खुवासभा र चितवन जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय÷इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाजले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)