Aamsanchar

सोमबारदेखि श्रीस्वस्थानी व्रत सुरु

Author Image
सोमवार, माघ ७, २०७५

काठमाडौँ।

सोमबारदेखि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु हुँदैछ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्षको मेला माघ ७ गते सामेबारदेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात आइतबार बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिएको समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

पूजारीसँग जल लिनुअघि आइतबार नै व्रतालुले हातगोडाका नङ काटी शुद्ध बस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ ।

मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर