Aamsanchar

रहेनन् साहित्यकार माेहनराज शर्मा

Author Image
बिहिवार, माघ १०, २०७५

काठमाडौं ।

साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्।

प्राध्यापक शर्माका छोरा अष्ट्रेलियमा रहेकोले उनी आउन्जेल पर्खिने भएकोले उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ। उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो।

शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन्। उनका चर्चित कृतिहरू नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना, जेमन्त र यमा, बैकुण्ठ एक्सप्रेस नाटक, कोर्रा कथा संग्रहलगायत छन्। शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)