Aamsanchar

युवा रंगकर्मी एबम साहित्यकार एनवी अञ्जानको नयाँ गीत बजारमा

Author Image
आइतवार, माघ १३, २०७५

केशवराज भण्डारी/ झापा,

प्रदेश नम्वर एकको पूर्वी पहाडी जिल्ला पाँचथरका स्थानीय तहमा रहेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको चिनारी दिदैे फिदिमका युवा रंगकर्मी एनवी अञ्जानले नयाँ गीत बजारमा ल्याएका छन् ।

साविक रानिटार गा.वि.स. वडा नं. १ हाल फिदिम नगरपालिका वडा नं. ७ स्थाइ ठेगाना भएका कला, साहित्य तथा रंग क्षेत्रमा क्रियाशिल युवा अञ्जानले आफ्नै शब्द, संगीत र स्वरमा पाँचथर जिल्लाका महत्वपूर्ण एवम ऐतिहासिक साथै पर्यटकीय क्षेत्रको बर्णन सहितको गीत बजारमा ल्याएका छन् ।

मिक्लाजुंगको झुल्के घामले मनै हरर
सिलौटीमा चुल्ठी लर्काई हावा शरर
तमोर नदी पाउमा बग्यो सिंहलिला शिरमा
थाक्ले गई भाकल गर्छन् परेपछि पीरमा……

यो गीतमा पाँचथरका रानीटार, हिलिहाङ दरवार, साधुटार, लोभ्रेकोटी, जोरपोरी लगायतका जिल्लामा महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई समेटिएको छ । पूर्वी पहाडी जिल्ला भएपनि पाँचथर ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै आफुले गीत तयार गरेको एनवी अञ्जानले बताए ।

विश्वकै सानो आधा इन्चको हाइकु पुस्तकका लेखक समेत रहेका एनवीले ल्याएको गित वाट स्थानीय निकायलाई पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने देखिन्छ । अहिले अडियो मात्र सार्वजनिक भएपनि केही समयपछि भिडियो सहित आउने उनले वताएका छन । एनवि अन्जान हाल विश्कै सानो किताव लेख्ने लेखकका रुपमा गिनिज बुकमा नाम लेखाउने तयारीमा जुटिरहेका छन ।

हाम्रो थिएटर पाँचथरका संस्थापक अध्यक्ष समेत रहेका एनवि अन्जान लामो समय देखि साहित्य विधामा सकृय हुदै रंगकर्म सँगै सानो तथा ठुलो पर्धाको चलचित्र निर्माणका लागि आफ्नै कम्पनि तयार गरी काम गरिरहेका छन । आरोही, इन्काउन्टर जस्ता नेपाली चलचित्र निर्माता साथै लेखन निर्देशन गरिसकेका अन्जान सदैव फरक काम गर्न रुचाउछन ।

मरुभुमिको साहित्य यात्र ( गजल संग्रह ), आहुती ( गजल संग्रह ), कोपिला रुवाई ( नेपाली भाषाको पहिलो रुवाइ महा काब्य) लगायतका कृती प्रकासन गरिसकेका छन । आँधिहुरी, झिल्को, अग्नी सागर, हाम्रो कोसेली, पाँचथर सौगात भाग १, २, ३ सम्पादन तथा प्रकासन समेत गर्न भ्याएका छन । रानिटार साहित्य समाजको अध्यक्ष समेत रहेका अन्जान पछिल्लो समय इन्काउन्टर नेपाली चलचित्रको सम्पादन कार्यमा ब्यस्त रहेका छन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर