Aamsanchar

बिर्तामोडमा अन्तराष्ट्रिय मितेरी साहित्यिक सम्मेलन सुरु

Author Image
शुक्रवार, माघ १८, २०७५

 

सम्मेलनको उदघाटन गर्दै मुख्य मन्त्री शेरधन राई

चारपाने,माघ १८ । शुक्रबारदेखि बिर्तामोडमा अन्तराष्ट्रिय मितेरी साहित्यिक सम्मेलन सुरु भएको छ । दुई दिनेसम्मेलनमा नेपाल र भारतका साहित्यकारको सहभागिता छ । सम्मेलनको आयोजना भवानी घिमिरे साहित्यिक प्रतिष्ठानले गरेको हो ।

प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनमा भारतबाट २५ तथा झापाबाहिरका १ सय ५० जना साहित्यकारको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष सरोज ओलीले बताए ।

सम्मेलनमा प्रा. डा. ताराकान्त पाण्डेयले ‘नेपाली कवितामा गणतान्त्रिक चेतना’, प्रा. डा. रामप्रसाद ज्ञवालीले ‘नेपाली साहित्य र साहित्यिक पत्रकारितामा भवानी घिमिरेको योगदान’ र प्रा. नवीन पौडेलले ‘नेपाली भाषाको भारतीय साहित्य समसामयिक अध्ययन’ विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि प्रा. डा. रत्नमणि नेपाल, प्रा. चिन्तामणि दाहाल र प्रा. योगेश खातीले टिप्पणी गरेका थिए ।

आयोजक भवानी घिमिरे साहित्यिक प्रतिष्ठानका उपाध्यक्ष कृष्ण धरावसीका अनुसार नेपाल र भारतमा छरिएर रहेका साहित्यकारहरुलाई एकैठाउँ भेला गर्न सम्मेलन आयोजना गरिएको हो । झापाका दिवंगत साहित्यिक पत्रकार भवानी घिमिरेको नामबाट भवानी घिमिरे साहित्यिक प्रतिष्ठान स्थापना भएको हो ।

फोटो : विनोद पाण्डे कमल/आमसंचार

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर