Aamsanchar

जोगबनीबाट छुटेको रेल दुर्घटना ७ जनाको मृत्यु

Author Image
आइतवार, माघ २०, २०७५

विहार,

भारतको विहारमा आइतबार  बिहान रेल दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् । सीमाञ्चल एक्सप्रेस नामको सो रेल विहारको वैशालीमा दुर्घटना भएको हो ।

सो रेल जोगबनी र आनन्दविहार टर्मिनलको बीचमा रहेको थियो । दुर्घटना बिहान ३ः५० बजे भएको बताइएको छ ।

भारतीय रेलवेले मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रेल लिकबाट बाहिर जाँदा सो दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)