Aamsanchar

गाउँमै आँखा शिविर

Author Image
आइतवार, माघ २०, २०७५

लम्की, 

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले कैलालीको लम्कीस्थित भुरुवामा निःशुल्क आँखा उपचार शिविर आयोजना भएको छ । शिविरमा एक दिनमै शनिबार एक हजार ५७५ ले सेवा लिएका छन् ।

“गाउँमा पहिलो पटक निःशुल्क शिविर आयोजना भयो, गाउँमै उपचार पाइने भएपछि स्थानीयवासी खुशीसाथ उपचार गराएका छन्”, स्थानीयवासी देवानन्द जैसीले भन्नुभयो, ‘‘यहाँका मानिसले उपचार सेवा लिन टीकापुर या धनगढी जानुपर्ने बाध्यता छ ।”

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की र च्यारिटी अफ हेल्थ सोसाइटीको आयोजना तथा धनगढी नेत्रालयको प्रविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । “स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ, एक हजार ५७५ ले निःशुल्क उपचार सेवा लिए”, किसान सहकारी संस्था लम्कीका महाप्रबन्धक डम्बर शाहले भन्नुभयो, “उपचार सेवा लिनेमा ९४५ महिला र ६३० पुरुष छन् ।”

शिविरमा उपचार गराएका मध्ये २६२ लाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न धनगढी सिफारिश गरिएको छ । शिविरमा आँखा जाँच गर्न आएका ५९० लाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर