Aamsanchar

बिर्तासिटी हस्पिटलको लापरबार्हीका कारण बालकको मृत्युभएको भन्दै आफ्न्तद्धारा तोडफोड

Author Image
आइतवार, माघ २०, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटलका डाक्टर र नर्सको लापरबार्हीका कारण एक बालकको मृत्यु भएको भन्दै आफ्न्तले प्रर्दशन गरेका छन् ।

मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय बालक जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भएको जनाइएको छ । आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्युभएपछि डाक्टर र नर्स भने भागेको पारिवारले जनाएको छ ।

मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै सिकिस्त भएको र डाक्टर समेत भाग्नुले गलत औषधि प्रयोगका कारण आफ्नो छोराको मृत्यु भएको बताएका छन् ।

डाक्टरको चरम लापरबार्हीका कारण बालकको मृत्युभएको भन्दै आफ्न्तले हस्पिटलमा तोडफोड समेत गरेका छन् । आफ्न्त तोडफोडमा उत्रिएपछि प्रहरीले केहि सेल अश्रुग्यास समेत प्रहार गरेका थिए । आफ्न्तले हस्पिटलमा तोडफोड गर्न सुरु गरे लगत्तै कांग्रेस नेता देउमान थेवे र नेकपा नेतृ धर्मशिला चापागाई घटना मिलाउन राती ११ बजेसम्म तल्लिन देखिएका थिए ।

वार्ता मार्फत समस्याको समाधान गर्ने भन्दै आफ्न्तलाई फकाउने काम गरिरहेको मृतकका परिवारले जानकारी दिएका छन् । हस्पिटल परिसरमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर