Aamsanchar

अस्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपाली

Author Image
सोमवार, माघ २१, २०७५

सिड्नी,

संसारभर आतिथ्यका लागि कहलिएका नेपाली हस्पीटालीटी बिजनेसमा सफल भएर कयौं कथा कोरिसकेका छन्। विदेशमा नेपालीहरू डाक्टर, इन्जिनियर, एकाउन्टेन्टजस्ता दक्ष पेशामा सफल पनि भएका छन्। अस्ट्रेलियामा स्वास्थ क्षेत्रमा स्वास्थ सहायकको भीडमा नेपाली अनुहार सामान्य भइसकेको छ। तर, अस्ट्रेलियामा रियल स्टेट व्यवसायमा भने नेपालीहरु भर्खर बामे सर्दैछन्।

यो साच्चीकै नयाँ ब्यवसाय भएकाले चुनौती र सम्भावनाको पहाडबिच केही नेपाली युवाले अस्ट्रेलियामा घरजग्गा ब्यवसायलाई पनि आम्दानीको पेशा बनाउन सकिन्छ भनेर प्रमाणित गर्न थालेका छन्। सामाजिक अभियन्ता दिनेश पोखरेल तथा अशोक थपलिया निर्देशक रहेको ल्यान्ड एन्ड लिजले आइतबार सिड्नीको लाकेम्बामा कार्यालयको स्थापना गरेर नयाँ स्वरूपमा आफूलाई अगाडि सारेको छ।

साढे दुई वर्षअघि स्थापना भएको ल्यान्ड एन्ड लिजले अहिलेनै करिब तीन सय पचास घरको ब्यवस्थापन गर्नुका साथै घरजग्गा बेच बिखनमा सफलता पाइसकेको छ। यो सँगै नेपालीले सञ्चालन गरेको रियल स्टेटमा सबैभन्दा बढी घर ब्यवस्थापन गर्ने रियल स्टेटसमेत बनेको छ।

दक्षिण एसियाली छिमेकी बंगलादेसीको समेत सहभागिता रहेको ल्यान्ड एन्ड लिजमा अहिले ६ जना घरजग्गा ब्यवस्थापक कार्यरत छन्। ल्यान्ड एन्ड लिजको घर ब्यवस्थापनमा आश्वीन पाखरेल तथा सेल्स मेनेजरमा ज्योतिन्द्र कडरिया, निर्मल संग्रौला,अच्यूत थपलिया र सुरेश रेग्मी कार्यरत छन्।

आइतबार आयोजित ल्यान्ड एन्ड लिजको कार्यालय उद्‌घाटन अवसरमा न्यूसाउथवेल्सका माहाबाणिज्यदूत दिपक खड्काले अस्ट्रेलियामा नेपाली समाज बाक्लिदै जाँदा सबैखाले ब्यापार ब्यवसाय पनि बढेकोमा खुसी ब्यक्त गरे। खड्काले कार्यालयको उदघाटन गर्दै भने, ‘सबैखाले ब्यवसायमा नेपालीको सहभागिता भएकाले हामीलाई धेरै कुरामा सहज भएको छ।’

कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले सानो समयमा तिब्र प्रतिस्पर्धा बिच मनग्य सफलता हात पारेको ल्यान्ड एन्ड लिजलाई बधाई दिए। ‘नयाँ र नौलो ब्यवसायमा नेपालीको सहभागिताले अस्ट्रेलियाको प्रतिस्पर्धी बजारमा नेपालीहरु पनि सक्षम छन् भन्ने विषय प्रमाणित गरेको छ, जुन हाम्रो लागि महत्वपुर्ण विषय हो,’ अधिकारीले भने।

संयोजक अधिकारीले बिदेशमा बसेर सबैखाले ब्यवशायमा देखिनु हाम्रो समाजको सौन्दर्य पनि भएको जिकिर गरे। अर्का बक्ता आइसीसी सदस्य दिनेश जोशीले पुराना दिन सम्झदै भने, ‘प्रारम्भका दिनमा सम्भावनाका कयैन पाटा थाहा नपाएकाले गुमाउनु परेको सत्य हो। तर, यतिखेर समय र परिस्थिति बदलिएको छ।’ अहिले घर जग्गा, डाक्टर इन्जिनियर, मोर्गेज र शिक्षाको पाटाहरुमा हामी हाम्रै भाषा बोलेर पनि सेवा पाउने भएको भन्दै उनले यो महत्वपूर्ण बिषय भएको तर्क गरे।

कार्यक्रममा मोर्गेज ब्यवसायका युवा हस्ती किरण थापा र नेकपाका अस्ट्रेलिया प्रतिनिधि रमेश पाण्डेले छोटो समयमा बिश्वास जित्न सफल ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए। यस्तै उदघाटन अवसरमा कवि केदार पोखरेल, सुदूर पश्चिम समाजका अध्यक्ष दिपक जोशील, झापाली समाजका उपाध्यक्ष उमेश पोखरेललगायतले ल्यान्ड एन्ड लिजको सफलताको कामना गरेका थिए। कार्यक्रममा स्थानीय क्यान्टबरी काउन्सिलका काउन्सिलर मोहम्मद जमान र क्याम्बेलटाउन काउन्सिलका काउन्सिलर मसुद चौधरीको समेत उपस्थिति थियो।-सेतोपाटीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)