Aamsanchar

पुस्तक जम्मा गर्ने प्रहरीको अभियानमा एक्सपर्टको साथ

Author Image
सोमवार, माघ २१, २०७५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेसँगै उक्त अभियानलाई सफल बनाउन एक्सपर्ट फाउण्डेसनले पुस्तक उपलब्ध गराएको छ । गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसिजे प्रा.लि. अन्तर्गत रहि सामाजिक उत्तरदायित्वको काम गर्दै आएको एक्सपर्ट फाउण्डेसनले पुस्तक जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव निरीक्षक (सई) शेरबहादुर चन्दलाई फाउण्डेसनका तर्फबाट ४० हजार मूल्य बराबरको पुस्तक उपलब्ध गराएको फाउण्डेसनले जनाएको छ । उक्त  पुस्तक एक्सपर्ट एजुकेशनका प्रवन्ध निर्देशक एवम् फाउण्डेसका आजिवन सदस्य खेमराज संगौलाले प्रहरी नायव निरीक्षक चन्दलाई हस्तान्तरण गरेका हुन् । 

 

सामाजिक सेवा गर्नका लागि स्थापना भएको एक्सपर्ट फाउण्डेसनले प्राकृतिक प्रकोप तथा विभिन्न खालका समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । यसअघि २०७२ सालको महाभूकम्पमा नुवाकोटमा ७ लाख बराबरको सामाग्रि र सिन्धुपाल्चोकको सोलाङ माध्यामिक विद्यालयमा १० लाख सहयोग गरेको थियो । त्यसपछि गत वर्षमा आएको बाढि पीडितहरुलाई झापा, सुनसरी, चितवन, दाङलगायतका ८ वटा जिल्लामा ७ लाख, महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्र, पाथिभरा बृद्धाश्रममा र मिस नेपाल अस्मि श्रेष्ठको अभियानमा समेत फाउण्डेसनले सहयोग स्वरुप रकम प्रदान गरेको थियो ।

 

‘किताब पढौँ, जीवनलाई बदलौँ, भन्ने मान्यतालाई स्थापित गर्दै कर्णाली प्रदेशका सबै कारागारमा रहेका कैदीबन्दीलाई किताब पढ्ने वातावरण बनाउने उद्धेश्य अनुरुप जुम्ला कारागारमा पनि व्यवस्थित पुस्तकालय बनाउन थालिएको जुम्ला प्रहरी प्रमुख डिएसपी सिताराम रिजालले बताए । उनका अनुसार कारागारमा किताब अभियान नविन अवधारणा हो। यो अभियानले कैदीबन्दीमा रहेको अपराधिक मानसिकतालाई नामेट पार्दै सिर्जनात्मक क्रियाकलापमा समाहित हुन उत्प्रेरित गर्ने उनको दावी छ । ‘कारागारका बन्दीको संसार किताबमा छ, किताब पढेर जीवन रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिने छ। कारागार कैदीबन्दीको समय भुक्तान गर्ने ठाउँ मात्र होईन्, जीवनलाई सुधार्ने पाठाशाला पनि हो, फुर्सदको समयलाई रचनात्मक सोचमा परिवर्तन गर्न जरुरी छ। कैदीबन्दी पनि सभ्य समाज निर्माण अभियानमा अग्रसर होउन र जीवन र जगत बदल्ने कडिका रुपमा कारागारलाई लिउन भन्नको लागि यो अभियान शुरु भएको छ।’ डिएसपी रिजालले भने ।

 

जुम्लाका प्रहरी प्रमुख रिजालको संयोजकत्वमा ११ सदस्यीय उप समिति गठन गरेर औपचारीक रुपमा पुस्तक संकलनको काम सुरु भइसकेको छ। यो समितिले किताब, डेक्स, बेन्च सहितको व्यवस्थित पुस्तकालय निर्माणमा जोड दिनेछ। पुस्तकालय निर्माणका लागि स्रोतको पहिचान र परिचालन गर्नुका साथै समितिको लेखा संरचनालाई पनि व्यवस्थित बनाउने प्रहरी प्रमुख रिजाल बताउँछन्।

 

सन् २००३ बाट गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज अष्ट्रेलियन एजुकेशनमा विशेषज्ञता हासिल गरेको कन्सलटेन्सी हो । एक्सपर्ट सोलुसिटर लयर, छ जना रजिष्टर माइग्रेसन एजेन्ट, आठ जना क्यूइएसी सर्टिफाई काउन्सिलर, चार्टर्ड एकाउन्टेन्ट विथ ट्याक्स एजेन्ट र कन्सलटेन्सी क्षेत्रका विज्ञहरुद्धारा सञ्चालित छ ।

 

नेपाल, अष्ट्रेलिया, बंगलादेश, भारत, हङकङ, फिलिपिन्स, नाइजेरिया, मंगोलिया लगायतका देशहरुमा झण्डै ३० वटा शाखा कार्यालयहरु स्थापना गरी सेवा प्रदान गरिरहेको एक्सपर्टले विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्शमात्र नभई अभिभावकहरुलाई समेत कार्यालयमै बोलाई छलफल गरेर सल्लाह प्रदान गर्दै आएको छ । त्यतिमात्र होइन एक्सपर्टले विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई बोलाएर मासिक रुपमा एउटा सेमिनार गर्दै आएको छ भने वर्षमा दुई पटक अष्ट्रेलियन एजुकेशन फेयरको पनि आयोजना गर्दै आएको छ । जसका कारण विद्यार्थीहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालयका सम्बन्धित प्रतिनिधिसगँ भलाकुसारी गर्ने अवसर
पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर