Aamsanchar

जिउँदो छ तिम्रो माया

Author Image
मङ्गलवार, माघ २२, २०७५

धेरै समय बितिसक्यो
तिम्रो माया चै
बाँचिरहेको छ अहिलेसम्म पनि
आकाशजस्तै शुन्य छ
खाली छ हो तर
तिम्रो मायाप्रेम युगौंगुगसम्म
रहिरहनेछ
तिम्रो माया रहुन्जेलसम्म
म सास फेरिरहने छु
हो म देख्दै छु
कति निस्वार्थपन छ
निरन्तर बगिरहेको छ
सप्तकोशीको भेल भएर
निरन्तर
तब तिम्रो मायाको अनुभुति गरिरहनेछु
तिमी रहुन्जेलसम्म
म सास फेरिरहेने छु
जहाँ म सोच्दै छु
कहिले पनि नमर्ने तिम्रो माया
अहिलेसम्म पनि जिउँदो छ
हो तिम्रो माया मरेर जाँदैन
फुल जस्तो ओइलिदैन
सधै जुनजस्तो चम्किरहन्छ
जहाँ म मिठो अनुभुति गर्छु
तिम्रो मायामा
कति न्यानोपन छ
तिम्रो माया कति अनुपम छ
त्यसैले अहिलेसम्म पनि
जिउँदो छ तिम्रो माया ।

अमित संग्रौला बिर्तामोड ,झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर