Aamsanchar

भकुरा भागे, लुटको धन्दा सार्वजनिक

Author Image
आइतवार, साउन ३०, २०७३

god-angel-800x500_c

[प्रकाश लिम्बू]
भक्तकुमार राई(भकुरा) अन्ततः प्रश्नहरुसँग भागे । उनी प्रश्नहरुसँग यति टाढो भागे कि उनले नेपाली नागरिकता नै त्यागेर हिँड्नु पर्ने अवस्था आयो । प्रश्नहरु उठ्न थालेपछि उनी भाग्नेछन् भन्ने कुरा पहिले नै बौद्धिक जमातले अनुमान गरिसकेको थियो । भकुरा आपूmले भाग्नु पर्ने वातावरण कोही कसैले बनाएको नभइ अघिल्ला समयहरुमा उनले गरेको गलत गतिविधि नै जिम्मेवार देखिन्छ । वास्तवमा उनी कुनै अलौकिक शक्तिधारी व्यक्ति थिएनन्, तर आपूmलाई ‘अलौकिक शक्ति भएको’ देखाउन कुनै कसर बाँकी राखेनन् । यसकोलागि उनले विभिन्न झुटा कथाकहानीका लहरहरु जोडे । ती कथाकहानीहरुमा उनी केन्द्रीय नायक बनेँ । अशिक्षाले जकडिएका विभिन्न ठाउँहरुमा गएर विभिन्न उत्पट्याङ काम गर्दै समाजको ध्यान आपूmतिर तान्ने प्रयास गरे । उनले जे गतिविधि गरे, उद्देश्य राखेर गरे । यतिसम्म गरे कि आपूmलाई ‘अलौकिक’ देखाउन ज्यान जानेसम्मका विभिन्न गतिविधिहरु गरे । यी गतिविधिलाई चलचित्रको भाषामा ‘स्टन्ट’ भनेर बुभ्mन सकिन्छ । भकुराले त्यसबेला आपूmलाई केन्द्रमा उभ्याउने नियत राखेर गरिएका ती स्टन्टहरुमा उनी सफल पनि देखिए । आप्mना स्टन्टहरुलाई उनले दैवी र अलौकिक उपमा दिएर आपूmलाई केन्द्रमा राखे । उनी आप्mनो उद्देश्यअनुरुप आपूmलाई केन्द्रमा राख्न सफल देखिए पनि उनको धरातल कमजोर थियो । झुटको सहाराले बनेको सफलतालाई भकुरा आफैले टिकाइरहन अनेक झुट गतिविधि गरिरहनु पर्यो । अन्ततः झुट गरिरहने स्थिति नभएपछि भाग्नै पर्ने दिन आयो र भाग्नु पर्यो ।
भकुरा भाग्नै पर्ने स्थिति हुनुमा उनी त कारण थिए नै, उनका अनुयायीहरुका गतिविधि पनि रचनात्मक बन्न नसक्नु हो । ‘किराती गुरु’ बनेर आएका उनी ‘वाल तपस्वी’ हुँदै ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ सम्म आइपुग्दा उनका अनुयायीहरुले यी पदावलीहरुको औचित्यबारे प्रश्न गरेनन् । गुरुको चरित्रबारे प्रश्न गरेनन् । गुरु भनिएका भकुराप्रति जति विश्वास थियो, त्यति नै शंका गर्नु पथ्र्याे । शंका र विश्वासको घर्षणबाटमात्रै नयाँ कुरा आउन सक्थ्यो । त्यसबेला विश्वासमात्र बढी भयो । भकुराले खोजेको पनि त्यही नै थियो । यदि अनुुयायीहरुले शंका गरेर प्रश्नहरु उठाएको भए गुरु भनिएका भकुरा एकाएक आपूmलाई यति चाँडै ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ घोषणा गर्ने हतारोमा पुग्ने थिएनन् । भकुरालाई चाहिएको आप्mनो एकल सत्ता थियो । जुन कुरा अनुयायीहरुले बुभ्mनै सकेनन् । जसले पछिल्लो चरणमा बुझे, समय घर्कि सकेकोले प्रश्न गर्ने आँट गरेनन् । ‘वाल तपस्वी’ हुँदै ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ सम्म आइपुग्दा उनका अनुयायीहरुले भकुराले प्रयोगमा ल्याएका दर्शन र दर्शनलाई स्थापित गर्न प्रयोग गरिने गतिविधिको फरकपनलाई कहिले छुट्याउन सकेनन् । भकुराले किरात धर्मबाट आपूmलाई केन्द्रमा राख्न सुरु गरेको अभियान प्रेमवादसम्म आइपुग्दा दर्शन हो कि धर्म वा संस्कार हो ? यो बारे न त भकुराले स्पष्ट खुलाउन सके र न त अनुयायीहरुले नै प्रश्न उठाएर बुभ्mने कोशिस गरे । त्यसैले भकुराले आपूmलाई केन्द्रमा राख्ने अभियान ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ सम्म लान सके । यो स्थान उनले नियत राखेर गरेको कामको अन्तिम सिमा थियो, जहाँबाट त्योभन्दा माथि जाने ठाउँ थिएन ।
भकुरा आपूmले आपूmलाई केन्द्रमा राख्ने नियत राखेर सुरु गरेको अभियानमा सर्वाधिक सफल भए । उनी आपूmले आप्mनो लागि सुरु गरेको गतिविधिको दुई दशकभित्र ठूलो सफलता कमाए । दुई दशकभित्र उनी किरात धर्म गुरु ‘वाल तपस्वी’ भए । ‘हिज होलिनेस’ भए ‘सुप्रिम मास्टर’ भए र ‘गड एञ्जल’ पनि भए । एउटा समान्य मानिस दुई दशकभित्रै यति धेरै उपमा लिएर बस्नु उनको जीवनको सफलताको पराकाष्ठा हो । साँच्चै भकुराकालागि उनले लिनु पर्ने वा धारण गर्नु पर्ने कुनै सर्वाेच्च पद नै अब बाँकी थिएनन् । अर्थात, उनले आप्mना अनुयायी वा सार्वजनिकरुपले जे भनेर जति ढाँट्नु थियो, सबै ढाँटिसकेका थिए । अझै ढाँटिरहनु पर्ने कुनै पदावली नै बाँकी भएन । ढाँट्ने कुराहरु नै सकिए । सबै सकिएपछि नै उनी नेपाली नागरिकता त्यागेर हिँड्नु पर्ने अवस्था आयो । अर्थात भकुरा नेपाल छोडेर भाग्नु पर्यो । यो अवस्था उनी आफैले सिर्जना गरेको अघिल्लो कार्य रहेको परिणाम थियो ।
भकुराले नेपाल छोडेर भाग्ने सिलसिलालाई हेर्दा हिजोको दिनमा कमजोर आधारभूमि उभिएको उनको लुटको सत्ता हो । जसको उद्घाटन भद्रगोल किरातीले आप्mना दुई पुस्तकमार्फत गरिदिएका थिए । भद्रगोल किरातीले ०७२ फागुन ८ गते पहिलो पुस्तक ठग ओमनन्द (गड एन्जल) प्रकाशन गरे लगत्तै भकुराले धरानमा आप्mनो नाममा रहेको जग्गा चैत १७ गते बेचेका थिए । यसको सिधा अर्थ हो, उनी भविष्यमा हुनसक्ने कानुनी झन्झटसँग आजै सचेत भएका छन् र भोलिको दिनमा छानविनको दायरामा पर्न सक्ने आप्mनो सम्पत्तिलाई आजै तह लगाउने अभ्यासमा छन् । यसरी नै चैत २३ गते नै जिल्ला प्रशासन कार्यलय उदयपुर पुगेर आप्mनो नागरिकता त्याग गर्ने निवेदन हाल्नुले भकुरामा हतासपन सुरु भएके देखिन्छ भने भद्रगोल किरातीले प्रकाशन गरेको दुवै पुस्तकमा सत्यता भएको अनुमान गर्न सकिने ठाउँ छोडिदिएको छ । प्रमुख जिल्ला अधिकारी उदयपुर समक्ष भक्तकुमार राई स्वर्गिकदूत सत्गुरुॐनन्दले ‘नेपाली नागरिकता त्याग गर्न आवश्यक भएको त्याग गरेको सूचना गरेको छु’ भन्दै ०७२ चैत २३ गते निवेदन दर्ता गराएका थिए । अझ पछिल्लो चरणमा गड होइन ठग एन्जल नामको पुस्तक ०७३ बैशाख २५ मा सार्वजनिक भएपछि भकुराको लिङ्ग खुल्न नसकेको दर्शनको जग नै ध्वस्त भयो । काठमाडौमा भएको विमोचनमा सन् २००६ मा हेभन्ली पाथका अनुयायीहरुद्धारा मारिएको फलामसिंह चाम्लिङकी श्रीमती दिलकुमारी राई र छोरा सुरेन राईको उपस्थिति थियो । यी घटनाक्रमसँगै विकास भइरहँदा नै भकुरा उर्फ भक्तकुमार राई स्वर्गिकदूत सत्गुरुॐनन्द क्यानेडियन नागरिकता लिएर ०७३ जेठ १२ गते तद्नुसार २०१६ जून २५ गते नेपाल छोडेको अपुष्ट समाचारहरु आए । अथार्त, प्रश्नहरुसँग डराएर भकुरा भागे ।
हुन पनि भकुराले स्थापना गरेको लुटको साम्राज्य सार्वजनिक भएपछि भकुरासँग दुईमात्र विकल्प थिए । पहिलो विकल्प देश छोडेर भाग्नु पर्ने र दोस्रो विकल्प विगतका दिनमा आपूmुले गरेका गल्तिकोलागि सार्वजनिकरुपले माफि मागेर बस्ने । यी दुवै विकल्पमध्ये भकुराले क्यानाडा पलायन हुने विकल्प रोजे । भकुरा आपूm त क्यानाडा गएर बचाए, तर उनका पछाडि लाग्नेहरुको समाजिक प्रतिष्ठालाई बीच सडकमा ल्याएर छोडिदिए । भकुरा भाग्नु हुँदैनथ्यो प्रश्नहरुसँग यदि ऊ वास्तवमै दार्शनिक हो भने । दर्शनहरु त प्रश्नले माझिन्छ अझ टल्कन्छ । माक्र्सवाद आजको मितिसम्म बाँचिरहनु भनेको माक्र्सवादमा भएका कमजोरीप्रति उठेका प्रश्नहरुले माझेको कारण हो । तर, भकुरा कहिले आपूm माझिन चाहेन, जसको कारण आज क्यानाडा भाग्नु पर्ने स्थिति बन्यो ।

(दिव्य रोशनी साप्ताहिक, वर्ष १२ अङ्क १२, आईतबार, साउन १५, ०७३ मा प्रकाशित । दिव्य रोशनी साप्ताहिक प्रत्येक आइतबार, सुनसरीको धरानबाट प्रकाशित हुनेगर्छ ।)

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर