Aamsanchar

१५६ ले लिए स्वास्थ्य सेवा

Author Image
आइतवार, माघ २७, २०७५

मेचीनगर ।

लायन्स र लियो क्लब अफ अनारमनीले मेचीनगर नगरपालिका–१ स्थित मेचीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्थानीय पारिजात महिला समूहको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा १ सय ५६ जनाले सेवा लिएका छन् ।

विष्णुकुमार पोखरेलको अध्यक्षता तथा मेचीनगर–१ का वडा सदस्य रामकुमार राईको प्रमुख आतिथ्यमा भएको शिविरमा डा. गौरीशंकर झाले स्त्री तथा प्रसूति, डा. प्रमोदकुमार शाहले मुटु तथा छाती र डा. डिकेश पोखरेलले पेट रोगका बिरामीका लागि सेवा दिएको लायन्स क्लब अफ अनारमनीका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।

लायन्स र लियो क्लब अफ अनारमनीले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको लियो क्लबकी कोषाध्यक्ष समिरा शिवाकोटीले बताइन् ।

पवित्रा तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन अम्बिका भट्टराई आचार्यले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर