Aamsanchar

अर्जुनको दर्दनाक कथा

Author Image
बुधवार, फागुन १, २०७५

खगेन्द्र घिमिरे (मोरङ)

हे भगवान ! कहाँ छौ तिमी ? भगवान पनि कती सम्म निर्दयी, मेरो जस्तो पिडा अरु कसैलाई नपरोस यो कथा अरु कसैको नभएर मोरङ गा्रमथान गाउँपालिका ७ का ३६ वर्षीय अर्जुन खत्रीको पिडा हो । बुढेसकालमा ७० वर्षका बुबा टेकवहादुर र आमा रत्नमायालाई सहारा दिन्छु भन्ने भन्थिए अर्जुन । आफ्नै छोरा सँग बस्न उनीहरु गाउँबाट सहर आए तर छोरा आफै रोगले थलिएपछि छोराको बैशाखी बने बृद्ध बुबा आमा ।

दृश्य आफै दर्दनाक छ । यो कल्पना समेत नगरेको कुरा आज आई लागेको अर्जुन बताउछन् । मेरो परिवारको भोलिको अवस्था कस्तो होला । मेरो यदीँ उपचार अभावकै कारण निधन भयो भने उनी भन्छन् । म सबैमा दुई हाल जोडेर अनुरोध गर्छु । मलाई बचाईदिनुहोस ।
मेरुदण्डको क्यानसरले ओछ्यानमा छटपटिरहेका अर्जुनका चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा छ । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने उनको ठूलो सोच छ ।

आर्थिक अभावभएका कारण उनी विद्यालयसमेत जान पाएका छैनन् । अर्जुनकी श्रीमती विमला शनिबार सातमहिनाकी छोरी अविना काखमा च्याएपेर श्रीमानको पिडा हेर्नु देखि वाहेक केहीँ गर्न सक्दिन् । आफ्ना श्रीमान विगत सात महिनाअघिदेखि मेरुदण्डमा क्यान्सरभएर जीवनमरणको दोसाधमा रहेका छन् । पुर्खेली घर खोटाङभएपनि केहि वर्षदेखि मोरङको गा्रमथानमा बस्दै आएका खत्री परिवार आर्थिक अभावका कारण समस्यामा परेको हो ।

ढाडमा सामान्य समस्याभएपछि रोग पत्ता लग्दासम्ममा १४ लाख रुपैंया बढी खर्चभइसकेको विमलाले बताइन् । उनी भन्छिन्–’के रोग लागेको हो भन्दै उपचारका लागी धेरै अस्पताल धायौं तर रोगले निकै ग्रस्त बनाएपछि मात्र थाहा भयो कि श्रीमानलाई त क्यान्सर लागेको रहेछ ‘। गहभरी आँशु पार्दै विमलाले भनिन्–छोरो स्कुल जानेबेला भयो अर्की छोरी सानै छ, ऋण अझै १४ लाख छ अब के गर्ने ?

अर्जुनको उपचारमा महिनामा १ लाख बढी रुपैंया खर्च लाग्ने चिकित्सकहरुले बताएको आर्थिक अभावकै कारण दाजुलाई घरमै राखेर विरामले छटपटिरहेको हेर्दा हेदै आखाँको आशु सकिएको उनकी आमा रत्नमायाले बताइन् । खत्री परिवारले अर्जुनको उपचारमा आर्थिक सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर