Aamsanchar

अनुशासनको दायरा भित्र हुने प्रेम र आकर्षण

Author Image
बिहिवार, फागुन २, २०७५

राजन अधिकारी / हाल कतार

यथार्थ के हो ? कसका लागि यसले महत्त्व राख्दछ ? आमा,बुबा,दाजु भाइ, लोग्ने – स्वास्नी ? वा ती एकल समुह ? अविवाहित ,एक- अर्का पर्ती आकर्शित जोडी जो आफ्नो feelings प्रकट गर्न सकिरहेको छैन ? कसै कसैले त आमा दिदी, आफन्त लाई पनि शुभकामना प्रकट गरेको देखियो। तर आज दर्शाउने प्रेम भावले भिन्नै स्थान राख्दछ।

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यतिभन्दा म चाहिँ आलग छैन। बिरालो मैले पनि बाधिँ रहेकोछु । तर यथार्थ फरक छ। सबै मिलि बिरालो फुकाउँ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर