Aamsanchar

काठमाण्डौंबाट हराएकी झापाकी महिलाको शव पथरी जंगलमा फेला कस्ले ग¥र्यो हत्या ?

Author Image
शनिवार, फागुन ४, २०७५

मोरङ,

मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कस्ले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पथरीेका अनुसार ति महिला गत माघ २९ गते घरबाट हिँडेकी थिइन् । घरमा मोबाइल छोडेर लुगा सिलाउनु जान्छु भन्दै घरबाट निस्केको बताइएको छ ।

मृतक महिलाका आफन्तहरु सम्पर्कमा आइसकेपनि उनलाई कस्ले यहाँसम्म ल्याई हत्या गर्यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताएका छन ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा शुक्रबार ति महिलाको शव भेटिएको थियो । शुक्रबार पात टिप्न जंगल गएका स्थानीयले मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा शव देखेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर