Aamsanchar

सल्यानमा छोराले बाबुको हत्या गरे

Author Image
शनिवार, फागुन ४, २०७५

सल्यान ।

सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका २ कारागीठि ज्यामिरेका दुर्गा बहादुर रानाले आफ्नै बुबा कृष्ण बहादुर रानाको हत्या गरेका हुन् । कृष्णका जेठा छोरा दुर्गाले आफ्नै ४० बर्षिय बाबुलाई गत माघ २८ गते कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अत्याधिक मादक पदार्थ(रक्सी) सेबन गर्ने गरेका कृष्णलाई छोरा दुर्गाले बारम्बार सम्झाउदा पनि नसम्झिएपछी आबेकमा आई छोराले बाबुको हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । अत्याधिक रक्सि सेबन गरेका कृष्णले आफ्नी श्रीमती सग झगडा गरि स्थानीय हेमराज पुनको घरमा गयपछी छोरा दुर्गाले बुबा कृष्णलाई घर जाउ भनी सम्झाउन खोज्दा नमानेपछि छोरा कृष्णले बाबुलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

छोरा दुर्गाले हात खुट्टा र लाठिले बाबू कृष्णलाई प्रहार गरेपछि रक्ताम्य भयका बाबु २९ गते बिहान आफ्नै घरमा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनालगतै ईप्रका लुहाम बाट गएको प्रहरी टोलिले बाबुको हत्या गर्ने छोरा दुर्गालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

उनलाई अहिले जिल्ला अदालत सल्यानबाट थप १० दिनको म्याद लिई प्रहरी हिरासतमा राखेर्र थप अनुसन्धान भैराखेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर