Aamsanchar

प्रपर्टी डिलर्स एसोसिएशनको साधारणसभा सम्पन्न

Author Image
शनिवार, फागुन ४, २०७५

बिर्तामोड।

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापा शाखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ ।

बिर्तामोड स्थित अग्रसेन भवनमा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद एकराज कार्कीले गरेका थिए । घरजग्गा ब्यवसायीहरुले अर्थतन्त्रमा दुई खर्ब भन्दाबढी लगानी र २४ अर्ब वर्षिक राजश्व तिर्दै आएको अध्यक्ष रोशन बोहोराले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद कार्कीले घरजग्गा ब्यवसायीहरुलाई ब्यवस्थित गरिदै लैजाने बताएका छन् । उनले ब्यवसायीहरुको समस्याको विषयमा आफुहरु गम्भिर रहेको उल्लेख गरे ।

नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने र ब्यवसायहरुलाई ब्यवस्थित गर्ने विषयमा सरकारले बेलैमा ध्यान दिनुपर्ने प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालका केन्द्रिय अध्यक्ष राजकुमार मेवाहाङ राईले बताए ।

ब्यवसायीहरुले स्थानीय निकायमा कानुन निर्माण र कार्यन्वयनको अभाव, पुँजीगत लाभकर सम्बन्धि समस्या, नाप,नक्सा तथा भोग–चलन सम्बन्धि समस्या, भूमिको वर्गीकरण वैज्ञानिक नभएको लगायतका समस्याहरुका कारण आफुहरुको ब्यवसाय नै समस्यामा परेको उल्लेख गरेका छन् ।

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापाका अध्यक्ष रोशन बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जिल्लाहरुबाट आएका ब्यवसायीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । उपस्थित सबैलाई प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल झापाका प्रथम जिल्ला उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन डेसर किरण राई र गंगाप्रसाद मैनालीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर