Aamsanchar

एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

Author Image
शनिवार, फागुन ४, २०७५

बिर्तामोड।

पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति धेरैको आकर्षण बढेको ब्यवसायीहरुको भनाई छ ।

नेपालमा अहिले ट्याक्टर खरीदकर्तामध्ये करीब ६० प्रतिशत ग्राहक किसान नै भएको व्यवसायीहरू बताउँछन् । यसैबीच जोनडियर कम्पनीका ट्याक्टर प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको जनाइएको छ ।

बिर्तामोड स्थित विवेक अटोमोबाईल्स प्रालिले शनिबार बिर्तामोडमा एकै दिन ११ वटा जोन डियर कम्पनीका ट्याक्टर बिक्री गरेको छ । विर्तामोडमा रहेको अटोमोबाईल्सको शाखा कार्यालयले भारतबाट आएका जोनडियर कम्पनीका प्रतिनिधिहरुको भ्रमणको समयमा एकैपटक १ करोड ५० लाख मूल्य बराबरका ११ वटा ट्याक्टर बिक्री गरेको बिर्तामोड शाखाका म्यानेजर अनिल श्रेष्ठले जानकारी दिए ।

ट्याक्टर खरिदकर्ताहरुलाई जोनडियर इन्डिया प्रालिका सेल्स एण्ड मार्के्टिङ उपनिर्देशक प्रभात सक्सेना,विवेक अटोमोबाईल्सका प्रबन्ध निर्देशक वेदप्रकाश शर्मा, रिजनल म्यानेजर श्याम पट्टेल लगायतले ट्याक्टरको साँचो हस्तान्तरण गरेका थिए ।

टिकाउ,बिक्रीपछिको सर्भिस, स्पेयरपार्टस र सुविधाका हिसाबले जोनका ट्याक्टर उपभोक्तामैत्री देखेकाले जोनकै ट्याक्टर खरिद गरिएको उपभोक्ताहरुले बताएका छन् । जोन डियर कम्पनीको नेपालभरिको आधिकारिक विक्रेता रहेको विवेक अटोमोबाईल्सका हाल १६ वटा शाखाहरु रहेका छन् ।

करिब १४ वर्ष अघिबाट नेपालमा सो कम्पनीका उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको सो कम्पनीले हालसम्म १० हजार भन्दा बढी ट्याक्टर बिक्री गरिसकेको जनाएको छ । अमेरिकन टेक्नोलोजीबाट उत्पादन हुँदै आईरहेको जोन डियर कम्पनीका उत्पादनहरु भारतमा निर्माण हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर