Aamsanchar

पत्रकारले निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्ने

Author Image
शनिवार, फागुन ४, २०७५

काठमाडौँ, 

राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) नेपालले देशभरका फोटोपत्रकार तथा पत्रकारलाई निर्वाध रुपमा सूचना सम्प्रेषण गर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संस्थाको आज सम्पन्न १०औँ वार्षिक साधारणसभाले फोटोपत्रकारको हकहित र कानूनी अधिकारका लागि देशभरका फोटोपत्रकारलाई एकजुट गराएर अघि बढ्ने निष्कर्ष निकाल्र्दै सम्पूर्ण सञ्चारकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी वक्ताले फोटो पत्रकारको व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका पूर्वअध्यक्षहरु मिनरत्न बज्रचार्य, कविन्द्रमान शाक्य, राजभाई सुवाल तथा संस्थाका सल्लाहकार जगदिश तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले फोटो पत्रकारको पेशागत मर्यादा र निर्वाह गर्नुपने दायित्वबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव नवराज श्रेष्ठले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष लेखबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

साधारणसभाले संस्थाको विधान संशोधन गरी फोटो पत्रकार समूहलाई ७ वटा प्रादेशिक संरचनामा लाने निर्णय गरेको संस्थाद्वारा जारीविज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर