Aamsanchar

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

Author Image
शनिवार, फागुन ४, २०७५

बिर्तामोड।

उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् ।

आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन देशसँगको व्यापार सम्बन्ध गाँसिएको बिर्तामोडलाई अब सँधैका लागि बन्द हड्ताल मुक्त गराउन लागीपर्ने प्रतिबद्धता जनाएका छन् । बन्द हड्तालले उद्योग व्यवसायमा ठूलो क्षति पु¥याइरहेको र समृद्धिका लागि आर्थिक क्रान्ति जरुरी रहेको भन्दै उनीहरुले बन्द हड्ताल मुक्त गराउन अग्रसर बन्ने बताएका हुन् ।

त्यस्तै बिर्तामोडको सुरक्षा लगायतको आवश्यक व्यवस्था मिलाई साँझमै बन्द हुँदै आएको बिर्तामोडलाई केही अवेरसम्म सञ्चालनको प्रबन्ध मिलाउन पहल गर्ने समेत उनीहरुले बताएका छन् ।

बिर्तामोडलाई बन्दमुक्त तथा भरपर्दो सुरक्षासहित रातिसम्म व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन स्थानीय सरकार बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराई नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने समेत उनीहरुको प्रतिबद्धता छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्का, सशस्त्र प्रहरी बल अर्जुनधाराका प्रमुख प्रदीप सिंह कार्कीले बन्दमुक्त अभियाानका लागि सरोकारवालासँग समन्वय गरी अग्रसर हुने बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्स झापाका याम विमली, प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोलानाथ उप्रेती, नेपाल सुनचाँदी व्यवसायी संघ झापाका उपाध्यक्ष राजकुमार गुप्ता, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायणप्रसाद चिमरियाले समेत अभियानमा साथ दिने र अग्रसर हुने प्रतिबद्धता जनाए ।

संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । सबै राजनीतिक दल, संघ–संस्था, निकाय, नागरिक समाजसँगको समन्वय र सहकार्यमा बिर्तामोडलाई बन्दमुक्त बनाउने बृहत् योजनाका लागि उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले प्रारम्भिक छलफल गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर