Aamsanchar

निदि माविमा आँखा परीक्षण शिबिर

Author Image
शनिवार, फागुन ४, २०७५

सुरुङ्गा।

विर्तामोड–२ रामचौकस्थित निदि अंग्रेजी माध्यमिक विद्यालयमा एक दिने आँखा शिबिर सम्पन्न भएको छ ।

मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोग रहेको उक्त शिबिरमा विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको आँखा परीक्षण गरिएको थियो ।

परीक्षण पश्चात २५ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने १५ जना विद्यार्थीलाई निरन्तर आँखा परीक्षणको लागि शिफारिस गरिएको छ । शिफारिस गरिएका सबै विद्यार्थीलाई मेची आँखा अस्पतालले निःशुल्क आँखा परीक्षण गर्ने व्यवस्था मिलाउने जानकारी दिइयो ।

अस्पतालका ओपीडी विभागका ईञ्चार्ज सन्तोष कर्णको नेतृत्वको टोलीले आँखा परीक्षण र चश्मा वितरणको काम गरेको थियो । शिबिरको औपचारिक कार्यक्रममा ओपीडी ईञ्चार्ज कर्णले आँखाका समस्या पहिचान र सतर्कतासम्बन्धी चेतनामूलक प्रस्तुति राखेका थिए ।

उनले हाम्रो शरीरको सबभन्दा महत्वपूर्र्ण अंगको रुपमा रहेको आँखाको विशेष हेरचाह गर्न उपस्थित सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई अनुरोध गरेका थिए । विद्यालयका सञ्चालक अनिलकुमार झाले विशेष मन्तव्य राखेको कार्यक्रम प्रिन्सिपल भीष्म प्रसाईले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर