Aamsanchar

सरकारसँग राप्रपाको २२ बुँदे माग, पुरा नभए सशक्त संघर्षको चेतावनी

Author Image
आइतवार, फागुन ५, २०७५

काठमाण्डौं ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् । उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि सरकारलाई दवाव दिए । पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग सरकारसँग राखेको छ ।

ती मध्ये तत्काल गर्नुपर्ने माग पुरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए । उनले सरकारलाई माग तत्काल पुरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गरे । फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पुरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने अध्यक्ष थापाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि पनि पटक पटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको छ । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने जानकारी दिए ।-नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर