Aamsanchar

विप्लब माओवादीको जनबर्गीय संगठनद्धारा जनप्रतिनिधिलाई कडा चेतावनी, बमले कार उडाउने धम्की

Author Image
आइतवार, फागुन ५, २०७५

झापा ।

नेपाल कम्युनिस्ट पार्टीको जनबर्गीय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन आइतबार भब्य रुपमा सम्पन्न भएको छ।

झापाको भद्रपुरमा सम्पन्न सम्मेलनमा किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिएभने प्रमुख अतिथिको आशन ग्रहण नेकपा पोलिट्व्युरो सदस्य एवम् भुमिहिन सुकुम्बासी महासंघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले गरेका थिए।

कार्यक्रममा विद्यार्थी ,आम झापालि जनता बुद्धिजीवी बर्ग,सुकुम्बासी ,मजदुरबर्ग,सामना परिवारका कलाकारहरु ,पत्रकारहरु,पार्टीका नेता कार्यकर्ता लगायतका जनमानसको बाक्लो उपस्थिति रहेको थियोे ।भद्रपुरको लेखनाथ चोकबाट र्यालि सुरु भई नजिकैको मैदानमा कार्यक्रम सुरु भएको थियोे ।

उक्त सभामा झापा जिल्लाका सेक्रेटरी सुमनसिंह पौडेल,अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष संजय राई, केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल ,कार्यक्रमका प्रमुख अतिथि एवम् पोलिट्व्युरो सदस्य ओम प्रकाश पुन लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्ना भनाईहरु राखेका थिए।

कार्यक्रममा झापा जिल्ला सेक्रेटेरी सुमनसिंह पौडेलले आक्रमक शैलिमा प्रस्तुत हुँदै राज्य सत्तालाई चुनौति दिएका छन्। सिडिओ कार्यलय,जिल्ला प्रहरी कार्यलय,मालपोत कार्यलय लगायतका थुप्रै सरकारी कार्यलयको माझमा भएको उक्त कार्यक्रममा सिंहले मजदुर ,सुकुम्बासी ,विद्यार्थीलगायतलाई सम्बोधन गर्दै यदि कुनैपनि सरकारी पक्षका जनप्रतिनिधिले मजदुर, सुकुम्बासी , गरिब जनतामाथि विभेदको नीति,शोषणको नीति नत्यागे गम्भीर परिस्थिति सिर्जना हुने चेतावनी दिए ।

उनले नगरपालिकाका मेयर लगायतका जनप्रतिनिधिहरुले रातारात कसरी पजेरो चढे ? रातारात कसरी करोडपति बने ? जनताको न्यायका लागि के गरे ? भन्दै प्रश्न गरेका थिए। उनले यदि जनप्रतिनिधिहरुले जनहितविपरित काम गरे, सुकुम्बासी बस्ति उठाउने प्रयत्न गरिए जनप्रतिनिधिका गाडि गुढ्ने होइन बममा उड्नेछन् भन्दै चेतावनी मुलक अभिव्यक्ति दिएका छन्।

जनताका न्यायका लागि ,राष्ट्रियताका लागि, सुकुम्बासीका हकहितका लागि बन्दुक बोक्नैपरेपनि आफुहरुपछि नहट्ने बताए । कार्यक्रममा
ट्रेड युनियन महासंघका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सर्व श्रेष्ठले झापा आन्दोलनका नेतृत्व गर्ने केपि ओली सत्तामा रहेर पनि दलालको फन्दामा फसेको आरोप लगाए । उनले मजदुरहरुमाथि राज्यले निरन्तर दमनको नीति लिएमा सरकारीपक्षका दलालहरुलाई महँगो पर्ने चेतावनी दिए।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी बर्गलाई सम्बोधन गर्दै देशमा नयाँ समाजवादि शिक्षाको आवश्यकता रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि एवम् पोलिट्व्युरो सदस्य ओम प्रकाश पुनले केपि ओलीहरु पुँजिवादि दलाल भएको बताउँदै प्रचण्ड बाबुरामहरु र गृहमन्त्री बादल क्रान्तिको भगौडा रहेको र पुँजिवादि पिजडा भित्रका सुगा भएको बताए।

उनले नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुसँग आफुहरुको दुश्मनी नभएको बताउँदै राष्ट्रिय स्वाधीनताका निमित्त प्रहरी , सेना सबै एकिकृत जनक्रान्तिको धारमा आउनुपर्ने बताएका छन्। कार्यक्रमको समापन किसान मजदुर संघका जिल्ला अध्यक्ष खोम मिश्रले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर