Aamsanchar

प्रहरीकै मिलेमतोमा कुखुरा तस्करी

Author Image
सोमवार, फागुन ६, २०७५

कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरुबाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण नेपाली व्यवसायीहरुले दर्जनौ कुखुरा फर्म बन्द गरेका हुन । 

नेपालका फर्महरुमा उत्पादन भएको कुखुराको मूल्य भारतीय कुखुरा भन्दा केही महंगो हुने गरेको छ । चल्ला खरीद, दानापानी, विद्युत्, ढुवानीमा लागत भारत भन्दा नेपालमा बढी लाग्ने गरेकोले मूल्यमा केही भिन्नता हुने गरेको कुखुरा व्यवसायीहरुको भनाई छ ।यसरी महंगो लागतमा उत्पादन गरेका कुखुराजन्य उत्पादनहरुले लागत अनुसारको मूल्य नपाउने नेपाली बजारमा प्रचलित मूल्यमा पनि बिक्रि नहुने भन्दै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको सम्बद्ध व्यवसायीहरुले गुनासो गरेका छन् । कुखुरा व्यावसाय सञ्चालन गर्दै आएका कञ्चनपुर पुनर्बास नगरपालिका १० का स्थानीय व्यवसायी वीरबहादुर तामाङले अवैध कारोबारीका कारण आफ्नो व्यवसाय नै धरासयी भएको बताए । उनी भन्छन ‘हामीले अवैध तरिकाले ल्याएको कुखुरा समाएर प्रहरी लाई बोलाउँदा समेत प्रहरी आएर छोडि दिन्छ । मैले भारत बाट आउने कुखुरा नियन्त्रण गर्न लिखित निवेदन दिए तर प्रहरीले आँखै अगाडि बाट कुखुरा लैजाँदा समेत नदेखे झैं गर्छ । यता प्रहरी चौकी पचकडियाका प्रहरी सहायक निरीक्षक मोहन सिंहले बिहेका लागि ल्याइएको कुखुरा मात्रै छाड्ने गरको बताए ।

साभार :  रेडियो कैलालीको अनलाईनवाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर