Aamsanchar

एसइई कप क्रिकेट वैशाखमा

Author Image
मङ्गलवार, फागुन ७, २०७५

काठमाडौैँ, 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।

यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न ११ शहरबाट ट्यालेन्ट हण्टमार्फत खेलाडी छनोट गरी प्रतियोगिता गरिने  पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिताको लागि ब्रमास्मी कलेजले मुख्य प्रायोजन गर्नेछ । एकेडेमीका अध्यक्ष भरतकुमार शाही र कलेजका निर्देशक सुनन्दा रेग्मीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार प्रतियोगिताको लागि कलेजले मुख्य प्रायोजकको रुपमा आयोजकलाई रु सात लाख ५० हजार प्रदान गर्नेछ । उक्त प्रतियोगिताको लागि आयोजकले आगामी चैत २२ र २३ धनगढीमा, २४ र २५ कोहलपुलमा, २६ र २७ सुर्खेतमा, २८ र २९ गते दाङमा, चैत ३० र वैशाख १ गते बुटबलमा र वैशाख २ र ३ गते पोखरामा ट्यालेन्ट हन्टको आयोजना गर्नेछ । त्यस्तै वैशाख ४ र ५ गते चितवनमा, वैशाख ६ र ७ गते कलैयामा ९ र १० गते विराटनगरमा, वैशाख ११ र १२ गते विर्तामोडमा तथा वैशाख १५ र १६ काठमाडौँमा ट्यालेन्ट हण्ट हुनेछ ।

आयोजकले एक शहरबाट पाँचदेखि सात खेलाडी छनोट गरी काठमाडौँमा एक हप्ता क्याम्प सञ्चालन गर्नेछ । सो क्यामबाट अन्तिम ८५ खेलाडी छनोट हुनेछन् । छनोट भएका खेलाडीलाई विभिन्न आठ टिममा सहभागी गराई ५० ओभरको ब्रमास्मी एसइई कपको खेल हुनेछ । प्रतियोगताको खेल भने मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर