Aamsanchar

कनकाई वन समूहले शुरु ग¥यो स्वरोजगार तालिम

Author Image
मङ्गलवार, फागुन ७, २०७५

सुरुङ्गा।

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाले स्वरोजगार तालिम शुरु गरेको छ । मंगलबार सो वन समूहको सभाहलमा प्रजातन्त्र दिवसको अवसर पारी एक कार्यक्रमका वीच कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले विरुवामा जल सिञ्चन गरी तालिमको उद्घाटन गरिन् ।

वन समूहले सीपमूलक स्वरोजगारमुखी कम्प्युटर तथा डिजाइनर सिलाइ कटाइ तालिम निःशुल्क रुपमा प्रदान गर्ने छ । वन समूहमा आबद्ध उपभोक्ता परिवारका सदस्यलाई मात्र उक्त तालिम प्रदान गरिने बताइएको छ ।

५१ जनालाई कम्युटरतर्फ ३ महिने सेक्रेटरियल अफिसियल प्याकेज सिकाइने र आधारभूत कोर्स पुरा गरेकालाई सिलाइकटाइको डिजाइनसम्बन्धी प्रशिक्षण दिइने कार्यक्रमको अध्यक्षता समेत गरिरहेका वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताए ।

कम्प्युटर तालिमका लागि स्थानीय राइजिङ ब्रिटिस ल्याङ्वेज एण्ड आई.टी. कलेजले सहजीकरण गर्ने बताइएको छ । त्यसै गरी सिलाइ कटाइ तालिमका लागि कनकाई उद्योग वाणिज्य संघ अन्तर्गतको कनकाई उद्यमशील महिला व्यवसायी उपसमितिले सहयोग गर्ने वन समूहका कोषाध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

कम्प्युटरको दीपक मैनाली र कटिङ डिजाइनको रुपा शाहले प्रशिक्षण प्रदान गर्ने जानकारी दिइयो । वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, रोटरी क्लब अफ सुरुङ्गाका सचिव शिवकुमार कडेंल, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन बोहोरा, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, महिला एकता तथा वातावरण संरक्षण समितिका उपाध्यक्ष धनमाया चिमरिया लगायतको आतिथ्य रहेको कार्यक्रममा सब–डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख भोलाप्रसाद चौधरी, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं. १ का सदस्य कुमारमणि पोखरेल, कनकाई उद्यमशील महिला व्यवसायी उपसमितिका संयोजक कविता बस्नेत, वन समूहका सल्लाहकार बालकृष्ण मैनाली, कनकाई बहुमुखी क्याम्पस अध्यक्ष प्रेमप्रसाद चुडाल, सञ्चारकर्मी तीर्थराज खरेल लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

‘सीप सिकौं दक्ष बनौं, स्वरोजगार नारामा हैन व्यवहारमा उतारौं’ भन्ने नाराका साथ शुरु भएको उक्त तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वन समूहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर