Aamsanchar

पुरुषहरुले परस्त्रीहरुलाई हेरेर मात्र एक वर्ष विताउँछन्

Author Image
शुक्रवार, फागुन १०, २०७५

एजेन्सी ।

हरेक प्राणीको आ–आफ्नै जातअनुसारको स्वभाव र प्रकृतिका हुन्छन् । मानव जातिमा पनि महिला र पुरुषका आ–आफ्नै स्वभाव र प्रकृति हुन्छन् । यहाँ चर्चा गर्न खोजिएको विषय हो– पुरुष , पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन उनीहरु आफैंले पनि जान्दैनन् । पुरुषहरुसँग जोडिएका १० यस्ता तथ्यहरुको बारेमा जानकारी दिन खोजिएको हो ।

यी हुन् थाहा पाइराख्नुपर्ने १० रोचक तथ्यहरु

१. पुरुषको औसत आयु महिलाहरुको भन्दा कम हुन्छ । पुरुषको औसत आयु ६४.५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८.७६ वर्ष हुन्छ ।

२. पुरुषको मष्तिस्कको आकार महिलाहरुको भन्दा ठूलो हुन्छ । महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।

३. हालसालै गरिएको एक अध्ययन अनुसार कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् । महिलाहरु एकैसाथ कैयौं काम गर्नमा माहिर हुन्छन् ।

४. सामान्य रुपमा पुरुषहरुलाई घरमा बसेर ड्रिंक गर्नभन्दा बाहिर कतै घुमफिरको लागि जान मन पर्छ ।

५. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।

६. महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।

७. परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।

८. पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् । एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् ।

९. ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।

१०. धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट डराउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर