Aamsanchar

जन्ती सवार बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Author Image
बिहिवार, फागुन १६, २०७५

चितवन 

जन्ती सवार बस र मोटरसाइकल ठोकिँदा चितवनमा १ जनाको मृत्यु भएको छ।

अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा कालिका नगरपालिका ८ की १४ वर्षीय शिक्षा अर्‍याल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कालिका नगरपालीका ८ बाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको ग १ ख २६७ नम्बरको बस र ना ५८ प ६३८५ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका ९ का ४९ वर्षीय चन्द्रबहादुर भट्ट र शिक्षा अर्‍याल घाइते भएका थिए।

बिहीबार मध्यान्ह १२ बजे भएको सो दुर्घटनाबाट घाइते भएकी शिक्षाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भट्टको सोहि अस्पतालमा उपचार भइरहेको छ। बस, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर