Aamsanchar

सेवामा सक्रिय सजेश

Author Image
सोमवार, जेठ ३, २०७३

sajesh

युवा परिवर्तनका सम्वाहक हुन् । युवाको नेतृत्वमा देशमा भएका ठूला–ठूला परिवर्तन पनि सफल भएका छन् । युवा जुटे कुनै पनि असम्भव काम पनि सम्भव हुन्छ । तर, आज कयौं युवा लागूऔषध दुव्र्यसनका शिकार भएका छन् । जसले गर्दा समाज विकृतितिर धकेलिादैछ । तिनै युवालाई एक सूत्रमा बााधेर सभ्य समाजको निर्माण गर्न जुटिरहेका छन् झापाका युवा सजेश शिवाकोटी ।
झापा बिर्तामोड–९का शिवाकोटी युवा शक्तिलाई एकजुट बनाएर समाज र मुलुक निर्माणमा संलग्न गराउनुपर्ने बताउाछन् । वीरता जेसीज बिर्तामोडका अध्यक्ष शिवाकोटी युवालाई विभिन्न प्रकारका तालिमहरू दिएर समाज र मुलुक निर्माणमा लगाउनुपर्ने बताउाछन् । वीरता जेसीजका अध्यक्ष उनी वीरता जेसीजमा आवद्ध युवालाई क्रियाशील बनाएर सामाजिक गतिविधि सञ्चालन गर्न उनीहरूको रुची अनुसारका खेलकुद, कला, साहित्य, मनोरञ्जनका क्षेत्रमा विभिन्न प्रकारका तालिम प्रदान गर्ने बताउाछन् ।
सन् २००६देखि वीरता जेसीजमा प्रवेश गरेका वीरता जेसीजका पूर्व अध्यक्ष विनोद बस्नेत र प्रमेशराज कर्णिकारको प्रेरणाले जेसीजमा प्रवेश गरेको बताउाछन् । उनी वीरता जेसीजका पूर्व अध्यक्ष विशाल बस्नेतको प्रेरणाले जेसीजलाई आफूले निरन्तरता दिएको बताउाछन् । जेसीज युवाका लागि ट्रेनिङ सेन्टर भएको बताउने शिवाकोटी जेसीजमार्फत ट्रेनिङ लिएका युवाले नेतृत्व र सञ्चालन गरेका संघ–संस्था र व्यवसाय सफल भएको बताउाछन् । जेसीजमा आवद्ध युवाले कुनै पनि द्वन्द्व र समस्याको समाधान सकारात्मक सोचका साथ संगठित भएर गर्ने गरेको बताउाछन् । उनी भन्छन्– ‘जेसीज व्यक्तित्व र नेतृत्व विकासका साथ समाज परिवर्तनको संवाहक हो ।’
शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने सिद्धान्त बोक्ने जेसीजले हरेक कार्यक्रम पारदर्शी तरिकाले गर्ने गरेकोले अन्य संघ–संस्थाभन्दा जेसीज उत्कृष्ट संस्था रहेको उनको धारणा छ । जेसीजमा एक व्यक्ति, एक पद हुने र प्रजातान्त्रिक तरिकाले नेतृत्व चयन गर्ने भएकाले जेसीजमा निरंकुशता हावी नहुने उनी बताउाछन् । आफ्नो कार्यकाल एक बर्षको मात्र भएको र एक बर्षमा धेरै कार्य गर्न नसके पनि गरेको कार्य सफलता बनाएरै छाड्ने उनको अठोट छ ।
शिवाकोटी आफ्नो कार्यकालमा वीरता जेसीजले गर्ने हरेक गतिविधि र गरिएका हरेक कार्यक्रम कम्प्युटर प्रणालीद्वारा एसएमएसमार्फत प्रत्येक सदस्यलाई सूचना पुर्‍याउने जेसीजमा आवद्ध २ सय ९६ सदस्यलाई क्रियाशील बनाउादै फुटबल, म्याराथुन लगायतका कार्यक्रम सञ्चालन गर्ने, आगामी बातावरण दिवसका दिन जनचेतनामूलक साइकल र्‍याली, बृक्षरोपण लगायतका कार्यक्रम समेत सञ्चालन गर्ने तयारीमा छन् ।
त्यस्तै वीरता जेसीजको कार्यालय सञ्चालनका लागि जग्गा खोजेर बेग्लै हल निर्माण गर्ने पनि उनको लक्ष्य रहेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने शिवाकोटी मानवीय सेवामा समेत उत्तिकै क्रियाशील छन् । वीरता जेसीजका अध्यक्षका साथै नेपाली रेडक्रस सोसाइटी झापाका सदस्य, नेपाल रेडक्रस सोसाइटी उपशाखाका बिर्तामोडका सभापति, रोटरी क्लब बिर्तामोडका अनुशासन प्रमुख, पेट्रोलियम डिलर्स एशोसिएसनका सदस्य क्यान कम्प्युटर एशोसिएसन झापाका जिल्ला सदस्य, प्राइभेट लेक्चरर युनियनको सचिव, रिभर साइड युथ फाउण्डेशनका संस्थापक सदस्य लगायतका दर्जनौं संस्थामा आवद्ध रहेका छन् । आफू आवद्ध रहेको संस्थामा कुशलतापूर्वक नेतृत्व वहन गर्ने क्षमता शिवाकोटीको रहेको छ । सांसद सुधिरकुमार शिवाकोटी र शान्ता शिवाकोटीका सुपुत्र तथा लुना बस्नेत शिवाकोटीका श्रीमान उनका एक छोरा दिव्येस शिवाकोटी रहेका छन् । शिक्षण पेशामा समेत आबद्ध सालीन स्वभावका उनी आफ्नो जीवनको लक्ष्यबारे बताउादै भन्छन्– ‘समृद्ध समाज निर्माणका लागि योगदान गर्छु । सामाजिक र मानवीय सेवा नै लक्ष्य छ जीवनको ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर