Aamsanchar

विद्यार्थीलाई अनुशासित कसरी बनाउने ?

Author Image
शनिवार, फागुन २५, २०७५

सुशिल चापागाँई

भनिन्छ शिक्षक एक रोल मोडेल हो।शिक्षकको हरेक आचरणले विद्यार्थीमा प्रत्यक्षरुपमा प्रभाव पारिरहेको हुन्छ। बास्तबमा विद्यार्थीको प्राथमिक शिक्षा अनुशासन निर्माणको आधार हो। यो उमेर उनिहरुको प्रोग्रमिङ पिरियड हो। विद्यार्थीको प्रोग्रामिङ पिरियडमा हामिले उनिहरुलाइ जस्तो आचरण सिकाउन सक्यो उ भबिस्यमा सोही अनुरुपको ब्यक्ति बन्दछ। विद्यार्थीको आचरण निर्माणको प्रमुख भुमिका उसको परिवार र शिक्षक शिक्षकाकोनै हुन्छ।

अहिलेको ब्यस्त समयमा अभिभाबकहरुले आफ्ना छोराछोरीलाई उचित समय दिन नसकिरहेको अवस्थामा बालबालिकाको आचरन निर्माणमा अभिभाबकहरु चुकिरहनुभयेको छ। अर्काेतिर बालबालिकाहरु आफ्नो सकृय समय बिद्यलयमा बिताउने गर्दछन। अत बिद्यालयलाई विद्यार्थीको भबिस्यको मुख्य आधार मान्न सकिन्छ।त्यसमा पनि प्राथमिक शिक्षाको पहिलो चरणमा विद्यार्थीहरु सक्रिय रूपमा आफ्ना बानीहरु निर्माणमा लागिरहेका हुन्छन् ।एउटा अनजान बच्चा बिद्यालय आउदै गर्दा उसले आफ्नो पहिलो शिक्षकबाट कस्तो व्यवहार पाउछ त्यसबाट उसको अनुसासन निर्भर हुन्छ।

वास्तवमा स सना बालबालिकाहरु ठुला विद्यार्थीको तुलनामा बढी उत्प्रेरित ,उत्साहित र जिज्ञासु हुने गर्छन। फलतः उनिहरुलाई फकाएर, हौसला दिएर अनि प्रशम्सा दिएर चाहेको बानी सिकाउन सकिन्छ। जसको लागि मोटोभेसनल नर्सरी एजुकेसन अपरिहार्य छ। जब बच्चा बिद्यालय प्रवेश गर्दछ उसले शिक्षक शिक्छिकाको गाली होइन प्रसम्शा लिएर घर फर्कने वातावरण बिद्यालयमा हुनुपर्दछ।

कुनै पनि विद्यार्थी क्रोधी बन्नुको पछाडी प्रत्यक्ष होस या अप्रत्यक्ष अभिभावक र शिक्षककै भुमिका रहेको हुन्छ। घर तथा बिद्यालयको वातावरण झगडालु, ईष्र्यालू ,रिसालु भएमा बच्चामा रिसाउने, झगडा गर्ने, आक्रमण स्वभाव देखिन जान्छ। जब एउटा बच्चा त्यस्तो बाताबरणबाट लामो समयसम्म गुज्रिएको हुन्छ उसको ब्यवहार परिवर्तन गरि असल ब्यवहार निर्माण गर्न एकदमै गाह्रो हुन जान्छ। एउटा बिरुवाको उदाहरण लिऔ जब एउटा बिरुवा सानो छदा बाङियो हामी त्यस्लाई कुनै बस्तुको सपोट दिएर सोज्याउन सजिलै सक्छौ तर उक्त बाङो बिरुवा हुर्किएर अब रुख बनिसकेको छ भने त्यसलाई सोज्याउन प्रयास सम्म त गर्न सक्छौं तर सोज्याउन अत्यन्त कठिन हुन जान्छ। त्यसैले बालबालिकाको सानो उमेर छदै उनिहरुको अनुशासनमा विशेष ध्यान दिन जरुरी छ।

बिद्यालयमा बडदो अनुशासनको समस्यालाई समाधान गर्न दीर्घकालीन योजना बनाएर अघि बडन जरुरी छ। विद्यार्थीलाई शिक्षक होस या अभिभावक सानै उमेर देखि फकाएर पढाउने वातावरण बनाइनु पर्दछ। कुटेर, पिटर, तर्साएर विद्यार्थीको ब्यवहारमा परिवर्तन त गर्न सकिन्छ तर त्यो क्षणीक हुन्छ। तर यदि विद्यार्थीलाई हामिले आफ्नो बानीले प्रभावित बनएर आफुजस्तै बन्न प्रेरित गर्यो भने पक्कै पनि उसमा दीर्घकालीन रूपमा असल आचरण निर्माण हुने कुरामा दुइमत छैन।

भनिन्छ एउटा जनावरलाई त प्रशिक्षण उपलब्ध गराउने हो भने असाधारण ब्यवहार निर्माण गर्न सकिन्छ भने मानिस जस्तो सर्बश्रेसठ प्रा‍णीलाई त हामी जस्तो भन्यो तेस्तै मानिस बनाउन सक्छौं। एकजना प्रख्यात शिक्षाविदले भनेका छन “तिमी मलाई एउता स्वस्थ बच्चा देउ म तिमिले चाहेको जस्तो ब्यक्ती बनाइदिन्छु।” यसबाट पनि प्रष्ट हुन्छकी बालबालिकाको ब्यवहार कस्तो हुने भन्ने कुरा उस्ले पाउने पारिवारिक र बिद्यलयिय वातावरणमा निर्भर हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर