Aamsanchar

प्रेमिका विना बाँच्न नसक्ने भए, शोरन (भिडियो सहित)

Author Image
आइतवार, फागुन २६, २०७५

शान्तिनगर ।

झापा बुद्धशान्ति–४ का शोरन लिम्बूलाई प्रेमिकाले धोका दिएका छन् । प्रेमिका शोनिया न्यौपानेले साथ छोडेपछि विरत्तिएका उनी पागल जस्तै बनेका छन् । जीवनको सुन्दर कल्पना गदैं माया फुलाएका शोरनले आफ्नै प्रेमिका अर्कैसङ्ग रमाउँछिन् भन्ने कल्पना समेत गरेका थिएनन् । तर, भइदियो त्यस्तै । उनी प्रेमिकाविना बाँच्नै नसक्ने भएका छन् ।

तर, उनको वास्तविक जीवनमा नभई म्यूजिक भिडियोको रिलमा हो । तीन बर्षअघि ‘देउता’ एल्वममा समेटिएको ‘मन्दिरमा बस्ने पथ्थरको देउता’ शीर्षकको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मन्दिरमा पुजा गदैंमा माया पाउने र नगदैंमा माया नपाउने होइन् विस्वासले माया टिक्स र आजभोलीको माया पैसामा साटिन्छ भन्ने सन्देश बोकेको गीतको म्यूजिक भिडियो बुद्धशान्तिका सामाजिक ब्यत्तित्व प्रकाश साम्सुहाङ् (लिम्बू) र शोरन लिम्बूको संयुत्त लगानीमा निर्माण भएको हो । बुद्धशान्तिकै गायक सत्यप्रकाश लिम्बूले गाएको उत्त गीतमा सुवास रार्इ (मन) को शब्द र हेमा भण्डारीको संगीत छ ।

म्यूजिक भिडियोमा कलाकार शोरन लिम्बू, सोनिया न्यौपाने र प्रकाश साम्सुहाङ् (लिम्बू) को भूमीका छ भने कलाकार सुमन राई, सुस्मिता राई र सुरेन राईको प्राविधिक सहयोग रहेको छ । म्यूजिक भिडियोमा डेब्यु गरेका शोरन र प्रकाशको अभिनयलाई धेरैले मन पराएका छन् ।

उत्त गीतको म्यूजिक भिडियो एक महिना अघि छायाङ्कन गरिएको थियो । काठमाडौंमा सम्पादन गरि बुढासुब्बा म्यूजिकको आधिकारीक युट्युव मार्फत गतसाता उत्त गीत सार्वजनिक गरिएको छ । उत्त गीतले राम्रै भ्युवर्स पाइरहेको नायक लिम्बूले बताए । झापा र इलामको रमणीय स्थानमा छायाङ्कन गरिएको उत्त गीतको म्यूजिक भिडियो धेरै दर्शकले मन पराउने निर्माता प्रकाश लिम्बू बताउँछन् ।

उत्त म्यूजिक भिडियोको निर्देशन मोहन शेरेङ् (लिम्बू) ले गरेका छन् भने छायाङ्कन नरेश राजवंशी, राम फागो र तोरण श्रेष्ठले गरेका छन् । उत्त म्यूजिक भिडियो एक लाख ५० हजार रुपैयाँको लगानीमा बनेको हो । यसपछि गायक सत्यप्रकाशको दोस्रो गीत ‘सिमसिम प¥यो पानी, सुन कान्छी नानी’ शीर्षकको गीतको म्यूजिक भिडियो पनि चाडैं बन्ने गायक लिम्बूले बताए । सो गीत अहिलेका निकैं चर्चित गायिका मेलिना राईसंग सत्यप्रकाशले गाएका छन् । जुन गीतको शब्द राजा माँवो र संगीत विनोद खुम्बूको छ । यो गीतको म्यूजिक भिडियोको छायाङ्कन छिट्टै शुरु गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर