Aamsanchar

गायिका प्रसाइका गीतले एकपछि अर्को रेकर्ड तोड्दै

Author Image
शुक्रवार, चैत ८, २०७५

काठमाडौं,

गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् ।

प्रसाइले गाएको ‘माया लुकी लुकी…’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो ।

यसअघि गायिका प्रसाइकै ‘नाई मलाई था छैन…’ ले यस्तो रेकर्ड राखेको थियो ।

उक्त गीतले ३ करोड ६६ लाखभन्दा बढी भ्युज पाएको छ ।

युट्युवमा धेरै भ्युज पाउने ननफिल्मी नेपाली गीतको पहिलो रेकर्ड प्रसाइकै नाममा थियो

उनकै अर्को गीतले त्यही रेकर्डलाई तोडेर ५ करोडभन्दा बढी दर्शक पाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर