Aamsanchar

सभामुखको पित्तथैली फ्याकियो

Author Image
सोमवार, जेठ ३, २०७३

onsari

काठमाडौँ। व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो ।

सो अस्पतालका डा डिवी कार्कीले उहाँको सफलतापूर्वक शल्यक्रिया गर्नुभएको हो । पत्थरीको आकार बढ्दै गएपछि केही दिनयता सभामुख अस्वस्थ हुनुभएको थियो ।

आज बिहान अस्पताल भर्ना हुनुभएकी सभामुख घर्तीलाई चिकित्सकले केही दिन अस्पतालमा आराम गर्न सुझाव दिनुभएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर