Aamsanchar

गाउँमा गाउँमा घुम्ती शिविर

Author Image
शनिवार, चैत ९, २०७५

जाजरकोट,

स्थानीय तहले सिंहदरबारको अधिकार गाउँ, गाउँमा पु¥याउने लक्ष्यअनुसार घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

यसै क्रममा भेरी नगरपालिकाले सबै वडामा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य संस्थासम्म उपचारका लागि आउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्ष्य गरी ‘मेयर निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालन गरिएको हो । शिविरमा भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँचलगायत सेवा प्रदान गरिएको छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि नगरवासी खुशी भएको प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले जानकारी दिनुभयो ।

भेरी नगरपालिका–११ जगतीपुरमा सञ्चालन गरिएको शिविरमा ३०० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । रुघाखोकी, जरो, ग्याष्ट्रिकलगायत सामान्य खालका रोगका बिरामी बढी मात्रामा उपचारका लागि आएको बेल्वासेले बताउनुभयो । गाउँ, गाउँमा चिकित्सकसहित शिविर सञ्चालन भएपछि उपचार गराउन आउनेको भीड लाग्ने गरेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

यसैबीच जिल्लामा २५ वर्षपछि खाद्य प्राविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले बजार अनुगमन गरेको छ । कार्यालय स्थापना भएको अढाइ दशक बित्दासम्म बजारमा अनुगमन गरिएको थिएन । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बजार अनुगमनलाई तीव्र पारिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर