Aamsanchar

चैत ११ गतेवाट बर्ने च्यालेन्ज कप फुटबल हुने

Author Image
शनिवार, चैत ९, २०७५

शान्तिनगर ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वर्ने च्यालेञ्च कप नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा आगामी चैत ११ गते सोमवारबाट चैत १८ गतेसम्म सञ्चालन हुने खेलमा झापा र इलामका गरी ८ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष डिल्ली माँवो (लिम्बू)ले जानकारी दिए ।

स्थानीय स्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा आयोजक युनिटी युथ क्लव, विर्तामोड युनाइटेड, सतासीधाम स्पोर्टिङ क्लव झिलझिले, धुलावारी एकाडेमी, धाइजन÷धाइजन एकाडेमी, आदर्श युथ क्लव बुधवारे, फिक्कल आइम क्लव इलाम र नवज्योति युवा क्लव जयपुरको टोलीले सहभागिता जनाउने आयोजकले बताएको छ ।

बर्ने चिया बगानको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको पहिलो पुरस्कार लोजिना एण्ड लासेमा कन्ट्रक्सन प्रा.लिका प्रोपाईटर लक्ष्मि माँवो (लिम्बू) र सामाजिक ब्यत्तित्व टेकबहादुर माँवो (लिम्बू)ले प्रायोजन गर्नेछन् भने दोस्रो पुरस्कार न्यूएभरग्रीन माध्यमिक विद्यालय र ब्राइट फ्यूचर माध्यमिक विद्यालयले प्रायोजन गर्ने आयोजक समितिका अध्यक्ष माँवोले बताए ।

प्रतियोगिताको विजेता टोलीले नगद ३५ हजार रुपैयाँ र उपविजेता टोलीले नगद २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिव ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । २०६९ सालमा स्थापित युनिटी युथ क्लवले सामाजिक काम र खेलकुदलाई प्राथमिक्ता दिदैं आएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला फुटवल संङ्घ झापाका अध्यक्ष भगिरथ आले (मामा) ले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर