Aamsanchar

महोत्तरीमा सडक दुर्घटना बढ्यो

Author Image
शनिवार, चैत ९, २०७५

बर्दिवास, 

महोत्तरीमा सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ को मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ को यसै अवधिमा २८ को सडक दुर्घटनामा मृत्यु भएको थियो । गत आवको कूल अवधिमा भने ८१ सवारी दुर्घटनाका घटनामा ४४ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।

चालू आवको गत साउन १ गतेदेखि यही चैत पहिलो सातासम्म ६८ सवारी दुर्घटनाका घटना भएका छन् । घटनामध्ये ३६ मोटरसाइकल परेका र मृतकको सङ्ख्या पनि मोटरसाइकल चालक र सवार नै बढी रहेको प्रनि सिंहले बताउनुभयो ।

मृतकमध्ये १६ वर्षदेखि ३० वर्ष उमेर समूहभित्रका ३२ परेका थिए । यस वर्ष पनि यो उमेर समूहभित्रका २५ को सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयको अभिलेखमा उल्लेख छ । सवारी दुर्घटना धेरैजसो मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म बढी हुने गरेका पाइएको छ ।

सडक दुर्घटनामा गत आर्थिक वर्ष २०७४÷७५ मा १४० र अहिले जारी आर्थिक वर्षको हालसम्मको अवधिमा ७० को अङ्गभङ्ग भएको छ । जिल्लामा सडक दुर्घटनाका घटना पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर