Aamsanchar

नेविसंघको अध्यक्षमा नैनसिंह विजयी

Author Image
बिहिवार, भदौ २, २०७३

काठमाडौंः

images (1)

नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन्।  महर बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अध्यक्षका प्रत्याशी मनोनमणि आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित महरले १४३५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी आचार्यले १३१६ मत प्राप्त गरे। यस्तै महरकै प्यानलबाट महामन्त्रीद्वयमा सरोज थापा र कुन्दन काफ्ले विजयी भएका छन्। नेविसंघ निर्वाचनको औपचारिक मतपरिणाम घोषणाको तयारी भइराखेको छ ।

को हुन् नेविसंघ अध्यक्षमा निर्वाचित नैनसिंह महर?

अध्यक्षमा निर्वाचित महर कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको भागेश्वर गाविस–९ मा जन्मिएका हुन्। सुदूरपश्चिमको विकट क्षेत्रमा जन्मिएका महर वि.स. २०४६ सालबाटै नेविसंघको राजनीतिमा होमिएका हुन्।

कक्षा ८ मा पढ्दादेखि नै नेविसंघको राजनीतिमा होमिएका महर नेविसंघको इकाई सचिव, इकाई अध्यक्ष हुँदै २०५५ सालमा डडेलधुरा जिल्ला अध्यक्ष हुँदै नेविसंघको २०५७ सालमा भएको अधिवेशनबाट केन्द्रीय सस्दयमा निर्वाचित भएका थिए।

पार्टी एकीकरण भएपछि महर २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष समेत बनेका हुन्। महर प्रदिप पौडेल नेविसंघको अध्यक्ष हुँदा उक्त कार्यसमितिमा उपाध्यक्ष थिए।

नेविसंघको अध्यक्षमा निर्वाचित भएका महर राजनीतिमा लाग्नु अघि पत्रकारितामा सक्रिय थिए। उनी नेपाल पत्रकार महासंघ डडेलधुराका संस्थापक सभापति पनि हुन्। महरले त्रिभुवन विश्वविद्यालयबाट एमए र नेपाल ल क्याम्सपसबाट एलएलबी समेत गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर