Aamsanchar

मधेस आन्दोलनमा मारिएका ५२ जना सहिद घोषणा

Author Image
बिहिवार, भदौ २, २०७३

काठमाडौंः 

download

सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

सहिद घोषणासँगै सरकारले पीडित परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यस्तै असारमा अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा परि घाइते भएका नेपालीहरुको उपचारमा ९१ लाख ६ हजार रुपैयाँ खर्च भएको र सो खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।

बैठकले मधेस आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न गिरिशचन्द्र लालको संयोजकत्वमा सात सदस्यीग आयोग गठन गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर