Aamsanchar

नेपाली भाषा बचाऔँ अभियानका लागि मौन व्रत

Author Image
शुक्रवार, भदौ ३, २०७३

vasa

काठमाडौँ ।

नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ ।

केही भाषाविद्ले नयाँ शब्दकोषका माध्यमबाट वर्णविन्यासको मौलिकतामाथि प्रहार गरेको जनाउँदै त्यसमा पूर्ववत् परम्परा कायम गर्ने माग राख्दै  मौनव्रत बसेको अभियानकर्ता मेदिनीकुमार केवलले जानकारी गराउनुभयो ।

व्रत बस्नेमा केवल, रामेश्वर मातृदास, नारायणप्रसाद अर्याल, मणिराम शर्मा, सविता कुल्मी, घिमिरे मैदिली, पे्रमबहादुर कार्की लगायत रहनुभएको छ ।

कार्यक्रममा चूडामणि गौतम, डा बलदेव अधिकारी, शरच्चन्द्र वस्ती र विष्णु प्रभातले नेपाली भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर