Aamsanchar

गर्मी बढ्न थाल्यो, कुन समयमा कति पानी पिउने ?

Author Image
मङ्गलवार, चैत १९, २०७५

काठमाडौं ।

गर्मीयाम सुरु भइसकेको छ । विस्तारै गर्मी पनि बढ्दै गएको छ । यो बेला मानिसले धेरै पानी पिउनु पर्ने हुन्छ । जाडोयामको तुलनामा गर्मी अलि धेरै पानी पिउनु पर्ने हुन्छ । तर, कति पिउने पानी ? कुन समयमा कति पिउनु पर्छ पानी ? यसबारे धेरै जानकारी नहुन सक्छ । यहाँ यसैबारे चर्चा गर्न खोजिएको हो ।

आयुर्वेदमा पानी पिउने सही समय र मात्राबारे उल्लेख गरेको पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा असर गर्ने आयुर्वेद विशेषज्ञहरु बताउँछन् ।

उनीहरुकाअनुसार बिहान उठ्ने बित्तिकै दुई गिलास पानी पिउनु पर्छ, यसो गर्दा शरीरबाट विषाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ । व्यायाम गर्नुभन्दा १० मिनेटअघि एक गिलास पानी पिउनुस् । ऊर्जाको मात्रा सही रहन्छ ।

व्यायाम गरेको २० मिनेटपछि दुई गिलास पानी पिउनुस् । शरीर आद्र रहन्छ । चिया वा कफी पिउनुभन्दा अघि एक गिलास पिउनुस् । एसिडिटी हुन पाउँदैन । नुहाउनुभन्दा अघि एक गिलास पानी पिउनुस् । रक्तचाप स्थिर रहन्छ । खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ ।

खाना खाँदा दुई चुस्की पानी लिनुस् । खाना मज्जाले पच्छ । साँझ नास्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउनुस् । धेरै भारी नास्ता नगर्नुस् । थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ । सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर