Aamsanchar

नेपाल भारत सम्वन्ध सुध्रन्छ त ?

Author Image
शुक्रवार, भदौ ३, २०७३

nidhi -swaraj

 

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर