Aamsanchar

‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’

Author Image
शुक्रवार, भदौ ३, २०७३

hasai

काठमाडौँ ।

‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’ भन्ने भनाइलाई मनन गर्दै सिस्नुपानी नेपाल र आरम्भ समूहले आज आयोजना गरेको हास्य सभामा १५ जनाले आफ्नो प्रस्तुति दिए ।

गाईजात्राका अवसरमा सर्वनाम थियटरमा आयोजित हास्य कविको गाइजात्रे सभाको अन्त्यमा ‘सुपरस्टार’ र ‘फ्युचरस्टार’ भनी दुई कविलाई पुरस्कृत समेत गरियो ।

‘सुपरस्टार’को पदवी जित्नुभएका कवि टेकबहादुर कोइरालालाई १०८ किलाको माला पहि¥याइएको थियो । यस्तै ‘फ्युचरस्टार’ बन्दै कवि केशवराज अर्यालले कपी र कलम प्राप्त गर्नुभयो ।

उहाँहरुलाई कार्यक्रमका ‘राष्ट्रपति’ बनाइएका प्रा डा माधवप्रसाद पोखरेलले पुरस्कृत गर्दै आगामी दिनमा दर्शक तथा स्रोतालाई अझ बढी हँसाएर मनोरञ्जन प्रदान गर्नुहोस् भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रममा इन्दु अंशु, शरद देशी, डम्बर घिमिरे, कमलीकान्त, लक्ष्मण गाम्नागे, चक्र दवाडी, धरेन्द्र बराल, प्रेम ओली, रोहित कार्की, चट्याङ मास्टर, डिल्लीप्रसाद पिँडालु, गोपाल नेपाल र अर्जुन पराजुलीले नेपाली सामाजिक परिवेश, त्यसका विसङ्गति, राजनीतिक अवस्थाजस्ता विषयमा हाँस्यव्यङ्ग्य कविता वाचन गर्नुभएको थियो ।

उक्त प्रस्तुतिको निर्णायकमा कोषराज न्यौपाने, डा देवी नेपाल र रामकृष्ण दुवाल हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)