Aamsanchar

‘कम्युनिस्ट केन्द्र नेपाल’ नामक नयाँ कम्युनिस्ट पार्टी जन्मियो

Author Image
शुक्रवार, भदौ ३, २०७३

काठमाडौँ ।

नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी अहिलेसम्म जन्मन नसकेको जनाउँदै आज ‘कम्युनिस्ट केन्द्र नेपाल’ नामक नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ ।

डिपी जैसीका अध्यक्षतामा गठित सो पार्टीले तप्तबहादुर खत्री (सौरभ)लाई प्रवक्ता तोकेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष जैसीले देशलाई आमूल परिवर्तन गरी पूर्वजले दिएर गएका राम्रा कुराको ग्रहण गरी आत्मसात् गर्नुपर्ने र समयको परिवर्तनसँगै चाहिएका कुरा थप्ने आँट गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रवक्ता खत्रीले जनयुद्धका क्रममा कैयौँ जनयोद्धा सहिद भएको, कैयौँ घाइते भएको र अहिले पनि गोली र छर्रा जिउमा बोकेर बाँचिरहेको बताउँदै उनीहरुलाई राज्यले निःशुल्क उपचार तथा भरणपोषण गर्नुपर्ने माग गर्नुभयो ।

सो अवसरमा सङ्घीय नवराष्ट्र कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल पोखरेल र बौद्धिक मञ्च नेपालका महासचिव डा सुरेन्द्र केसीले जनताको मुक्तिका लागि काम गर्ने दल तथा नेताले जनताको दुःखलाई बिर्सन नहुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर