Aamsanchar

अन्तर्वार्ता दिदा यी प्रश्न कहिल्यै नसोध्नुस्

Author Image
शुक्रवार, भदौ ३, २०७३

जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहि“दा प्रश्न सोधेर खेर जान दिनुहुँदैन । अन्तरवार्ताको अन्तिमतिर सोधिने यस प्रश्नबाट रोजगारदाताले ‘तपाईंं कम्पनीबारे के जान्न चाहनुहुन्छ ?’ भन्ने पत्ता लगाउन खोजिरहेका हुन्छन् । साथै, यो नै तपाईंंले ‘आफूस“ग ज्ञान, शीप र व्यावसायिक दक्षता छ’ भनेर प्रमाणित गर्ने अन्तिम मौका पनि हुन सक्छ । यसैलाई ध्यानमा राखेर करीअर सल्लाहकारहरूले केही प्रश्नलाई सोध्नै नहुनेमा राखेका छन् । साथै, उनीहरूले विकल्पमा सोध्न सकिने प्रश्नसमेत उल्लेख गरेका छन् । यस्ता सोध्नै नहुने र त्यसको विकल्पमा सोध्न सकिने प्रश्नहरू यस प्रकार छन् :

म कति बजेसम्म कार्यालय आइपुग्नैपर्छ ?
यस्तो प्रश्न कहिल्यै नसोध्नुहोस् । यस्तो प्रश्नले तपाईंं आफूले गर्ने काममा भन्दा हाजिर गर्ने समयबारे बढी चासो राख्नुहुन्छ भन्ने बुझाउँछ । यसले रोजगारदातालाई सन्तुष्ट बनाउन सक्दैन । त्यस्तै, ‘खाजा खाने समय कति लामो हुन्छ ?’ भनेर पनि सोध्नुहुँदैन । यसको सट्टा सामान्यतया ‘मैले दिनभरमा केकस्ता काम गर्नुपर्छ ?’ भनेर सोध्न सकिन्छ । हाजिर गर्ने समय र खाजा खाने समयबारे जानकारी तपाईंंले स्वतः पाइहाल्नुहुन्छ ।

कम्पनी स्थापना भएको कति वर्ष भयो ?
यस्तो प्रश्न पनि गर्नुहुँदैन । किनकि, यसको उत्तर तपाईंंले ‘गूगल सर्च’बाट पनि सजिलै पत्ता लगाउन सक्नुहुन्छ । यस्तो प्रश्नले ‘कम्पनीको प्रमुख कार्यकारी अधिकृत, कर्पोरेट कार्यालय र कम्पनीले सबैभन्दा धेरै विक्री गर्ने सामानबारे समेत तपाईंंलाई जानकारी छैन’ भन्ने बुझाउँछ र तपाईंं पूर्ण तयारविना नै अन्तरवार्तामा सहभागी हुनुभएको छ भन्नेसमेत देखाउँछ । फलस्वरूप यस्तो प्रश्नले जागीर प्राप्त गर्ने सम्भावना घटाउँछ । त्यसैले, अन्तरवार्तामा जानुअघि पर्याप्त अध्ययन गर्नुहोस् । बरु कम्पनी स्थापना भएको कति वर्ष भयो भनेर सोध्नुभन्दा ‘कम्पनीमा नयाँ व्यक्तिहरूको नियुक्तिसँगै केकस्ता परिवर्तन भयो ?’ भनेर सोध्न सकिन्छ ।

कति छिटो बढुवा हुन सकिन्छ ?
यस प्रश्नले तपाईंं महत्त्वाकाङ्क्षी हुनुहुन्छ भन्ने सङ्केत गर्छ । साथै, कर्मचारीमा हुने यस प्रकारको गुणलाई कम्पनीले आवश्यक पनि मान्छ । तर, अन्तरवार्तामा यस्तो प्रश्न गर्दा भने तपाईं अवसरवादी हो कि भन्ने भान पर्छ । कुनै पनि पदमा आवेदन दिँदा तपाईंं त्यही पदका लागि मात्र होइन, त्योभन्दा माथिल्लो पदका लागि समेत उपयुक्त हुनुहुन्छ भन्ने देखाउनुपर्छ ।  यसको सट्टामा ‘कम्पनीमा आफ्नो वृत्ति विकास गर्ने कत्तिको अवसर छ ?’ भनेर सोध्न सकिन्छ ।

जागीर दिँदा आवेदकको पृष्ठभूमि कत्तिको हेर्नुहुन्छ ?
कुनै पनि जागीरका लागि आवेदन दिनु ‘भिडियो गेम’ खेल्नुजस्तै हो । दोस्रो चरणमा जानका लागि पहिलो चरण पूरा गर्नैपर्छ । तपाईंबारे सार्वजनिक जानकारीका लागि उपलब्ध कुनै तथ्य रोजगारदाताले थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने पनि त्यसबारे पहिल्यै केही नबताउनुहोस् । तर, रोजगारदाताले पछि थाहा पाइहालेमा त्यसबारे खुलस्त भएर प्रस्तुत गर्नुहोस् । कहिलेकाँही रोजगारदाताले पृष्ठभूमिबारे केही पनि नखोज्न सक्छ  । तपाईंले त्यसबारे चिन्तै गर्नुपर्दैन ।

तलब केकति हुन्छ ?
यो प्रश्न सोध्ने लोभ अत्यन्तै उच्च हुन्छ । तर, यस्तो प्रश्न सोध्नु राम्रो मानिँदैन । अवश्य पनि ‘केकति तलब पाइन्छ’ भन्नेबारे तपाईं जान्न चाहनुहुन्छ । तर, यो प्रश्न मानव संसाधन विभागलाई सोध्ने हो, त्यो पनि तपाईंलाई त्यो जागीर मिल्ने भइसकेपछि मात्र । अन्तरवार्ता तपाईंले गर्न चाहेको काम, तपाईंको पृष्ठभूमि र दक्षतामा नै केन्द्रित हुन्छ । यिनै विषयले तपाईंलाई जागीरका लागि उपयुक्त ठह¥याउँछ । यस्तो प्रश्न सोध्नुको सट्टा ‘यो पदमा काम गरेर सफल भएमा केकस्ता परिणाम आउँछन् ?’ भनेर सोध्नु उपयुक्त हुन्छ । यसले त्यस कामप्रति तपाईंको रुचि देखाउँछ ।

मैले जागीर (काम) पाए त ?
कुनै पनि जागीर प्राप्त गर्ने योजनाबद्ध र क्रमिक प्रक्रिया हुन्छ । त्यसैले, कुनै पनि रोजगारदातासँग भेट गरेको केही छिनपछि नै यस्तो प्रश्न सोध्नु सान्दर्भिक हुँदैन । यो जान्न तीव्र इच्छा अन्तरवार्ता दिने सबैमा हुन्छ । तर, सोध्नु भने हुँदैन । यसको सट्टा ‘अन्तरवार्ता दिने अवसर दिनुभएकोमा धन्यवाद’ भन्नुपर्छ । साथै, ‘यस अन्तरवार्ताको परिणामबाटै अर्को हप्तातिर सम्पर्क गरेर जानकारी लिनेछु’ भन्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१
जुडशीतल पर्व मनाइँदै
आइतवार, वैशाख २, २०८१