Aamsanchar

पाकिस्तानमा बम बिस्फोटः १६ को मृत्यु

Author Image
शुक्रवार, चैत २९, २०७५

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

 

स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् ।पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर